काठमाण्डौ । विश्वभर फेरि कोरोनाको कहर बढ्दै गएको छ। कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनले संक्रमणको मामिला बढाउँदै लगेको छ भने विश्व अर्थतन्त्रमा पुनः असर देखिन लोको छ।

आईफोन बनाउने विश्वको दिग्गज टेक कम्पनी एप्पलले न्युयोर्कमा आफ्नो सबै स्टोर ब्राउजिङका लागि बन्द गरेको छ। अनलाइन अर्डर लिने र जिनियर बार सपोर्टजस्ता काम भने यी स्टोरमा जारी रहनेछ।

कम्पनीले कोरोनाको बढ्दो संक्रमणबाट उत्पन्न स्थितिलाई मूल्यांकन गरिरहेको जनाएको छ। ग्राहक र कर्मचारीको स्वास्थ्यलाई जोखिममा नपार्न हाललाई न्युरोर्कस्थित स्टोरहरु बन्द गरिएको कम्पनीले जनाएको छ। 

दुई साताअघिमात्रै कम्पनीले अमेरिकामा रहेका सबै रिटेल स्टोरमा सबैलाई मास्क लगाउन अनिवार्य गरेको थियो। 

यसका साथै कम्पनीले पनि फ्लोरिडा, मेरील्यान्ड र क्यानडामा पनि आफ्नो सबै स्टोर अस्थायी रुपमा बन्द गरेको छ। 

न्युयोर्क अहिले कोरोना संक्रमण तीव्रगतिमा फैलिरहेको छ। – एजेन्सी