काठमाण्डौ । कार निर्माता कम्पनी फोर्डले पहिलो चौमासमा २ बिलियन डलर गुुमाएको छ र मंगलबार आफ्ना लगानीकर्ताहरुलाई चालुु चौमासमा कम्पनीको आर्थिक अवस्था अझै बिग्रिनसक्ने चेतावनी दिएको छ । 

कम्पनीले चालुु चौमासमा ब्याज, कर र अन्य विशेष खर्च कटाउनुुअघि कम्पनीलाई ५ बिलियन डलरको घाटा लाग्ने प्रक्षेपण गरेको छ । पहिलो चौमासमा कम्पनीले ६३२ मिलियन डलरको घाटा व्यहोनुुपर्ने प्रक्षेपण गरेको थियो । 

फोर्डले दक्षिण अमेरिकामा भने साँघुुरो नाफा आर्जन गरेको तर अन्य सबै क्षेत्रमा भने गुुमाएको उल्लेख गरेको छ । कम्पनीले उत्तर अमेरिकामा मात्रै १.९ बिलियन डलरको समायोजित सञ्चालन घाटा व्यहोरेको जनाएको छ । पहिलो चौमासमा कम्पनीको आम्दानीमा १५ प्रतिशत अर्थात ३४.३ बिलियन डलरको गिरावट आएको छ । 

पहिलो चौमासमा कम्पनीको कार बिक्रीमा २१ प्रतिशतको गिरावट आएको छ । यो अवधिमा कम्पनीले २.२ बिलियन डलर गुुमाएको, तर अतिरक्त ऋण लिएकाले अहिले कम्पनीसँग ३४ बिलियन डलर नगद मौज्दात रहेको जनाएको छ । 

कोरोनाभाइरसको संक्रमणका कारण यतिबेला विश्वभरका अटो निर्माता कम्पनीहरुले कठिन अवस्थाको सामना गरिरहनुु परिरहेको छ। 

लकडाउन र प्रतिबन्धका कारण अटो कम्पनीहरुले विश्वभर रहेका कारखानाहरुका आफ्ना उत्पादनलाई ठप्प गर्नुुका साथै अधिकांश डिलरसिपहरु पनि बन्द गरेका छन् । 

विश्वका लाखौं मानिसहरु घरबाट कामकाज गरिरहेका कारण कार खरीद गर्ने ग्राहकको संख्यामा पनि उल्लेख्य कमी आएको छ । जसले कार निर्माता कम्पनीहरुको आम्दानीमा व्यापक गिरावट देखिएको छ।