काठमाण्डौ । लक्ष्मी बैंकले कोभिड–१९ को महामारीकोे नियन्त्रण तथा प्रभावितहरुलाई राहत प्रदान गर्ने उद्देश्यले कूल रु १ करोड बराबरको आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको छ ।
यसमध्ये रु ३० लाख नेपाल सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा तथा बाँकी रु ७० लाख सातैवटा प्रदेशमा सम्बन्धित प्रदेश सरकारद्वारा स्थापित कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु १० लाखका दरले जम्मा गर्ने बैंकले निर्णय गरेको हो ।
यस सहयोगबाट कोरोना संक्रमणको नियन्त्रण तथा संक्रमितको उपचारमा सहयोग पुग्नुका साथै महामारीको फलस्वरुप नियमित आर्थिक गतिविधि सञ्चालन नभएका कारण प्रत्यक्ष रुपमा प्रभावित व्यक्ति तथा परिवारलाई राहत मिल्ने तथा महामारीबाट समग्र अर्थतन्त्रमा पर्ने असरलाई समेत केही हदसम्म न्युनिकरण गर्न मद्धत पुग्ने बैंकले विश्वास व्यक्त गरेको छ ।
25 minutes ago
56 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago