काठमाण्डौ । कोरोना संक्रमित बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलाई सोमबार साँझ अस्पताल भर्ना गरिएको छ।

प्रधानमन्त्री कार्यालयका प्रवक्ताका अनुसार चिकित्सकको सल्लाहअनुसार नै प्रधानमन्त्री जोन्सनलाई केही टेस्ट गर्नका लागि अस्पताल भर्ना गरिएको हो। अहिले अस्पतालमा जोन्सनको टेस्टहरु भइरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। 

१० दिनअघि पनि प्रधानमन्त्री जोन्सनमा कोरोना पोजेटिभ देखिएको थियो। त्यतिखेरदेखि नै उनी आइसोलेसनमा बसेका थिए। उनी आइसोलेसनमा बसे पनि भिडियो कन्फ्रेन्सद्वारा क्याबिनेट मिटिङ जारी राखेका थिए। 

स्रोतका अनुसार १० दिन बितिसक्दा पनि प्रधानमन्त्री जोन्सनमा देखिएको कोरोना संक्रमण पोजेटिभ नै देखिइरहेको छ। 

चिकित्सकहरुले भने प्रधानमन्त्री जोन्सनलाई सामान्य टेस्टका लागि अस्पताल भर्ना गरिएको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएका छन्। – एजेन्सी