काठमाण्डौ । संघीय सरकारले कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि बनाएको कोषमा सेयर बजारको फ्रन्टलाइन रेगुलेटर नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले ३ करोड ५१ लाख रुपैयाँ सहयोग गरेको छ । 

केही दिनअघि बसेको नेप्सेको संचालक समितिको बैठकले कोरोना सहयोग कोषमा सो रकम बराबरको सहयोग गर्ने निर्णय गरेको थियो । 

निर्णयअनुसार रु. ३ करोड ५१ लाख रुपैयाँ सहयोग कोषले राष्ट्रिय वाणिज्य बैंकमा खोलेको खातामा जम्मा गरिसकिएको नेप्सेले जनाएको छ । 

नेप्सेले सो सहयोग रकम चैत २० गते नै हस्तान्तरण गरिसकेको हो ।