काठमाण्डौ । कोरोनाभाइरस संकट र रोकथामका लागि अपनाइएको लकडाउनका कारण भारतमा असंगठित क्षेत्रमा काम गर्ने करिब ४० करोड मानिस गरिबीको रेखामुनि आउने खतरा बढेको छ।
अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले मंगलबार सार्वजनिक प्रतिवेदनअनुसार कोरोनाबाट उत्पन्न परिस्थितिका कारण ती मानिसको जागिर जानुका साथै आम्दानी प्रभावित हुँदा गरिबीको रेखामुनि पर्ने खतरा बढेको औंल्याइएको हो। आईएलओले भारत ती देशमध्ये एक हो जसले यो परिस्थितिसँग जुझ्न कमै तयारी गरेको छ।
प्रतिवेदनमा भारतसँगै नाइजेरिया र ब्राजिलमा असंगठित क्षेत्रमा काम गर्नेहरु लकडाउनबाट बढी प्रभावित भएको उल्लेख छ। ‘भारतमा करिब ९० प्रतिशत मानिस असंगठित क्षेत्रमा काम गर्छन्’, प्रतिवेदनमा भनिएको छ, ‘जहाँ करिब ४० करोड मानिसको रोजगारी गुम्ने खतरा बढेको छ। यसले उनीहरुलाई सीधै गरिबीको मुख धकेल्छ।’
प्रतिवेदनमा यी असंगठित क्षेत्रमा काम गर्नेहरु काम नभएपछि धेरै मानिस आफ्नो गाउँ फर्किएका छन्। ‘अब कति दिनसम्म उनीहरुको आम्दानी शून्य हुने हो यकिन छैन’, प्रतिवेदनमा भनिएको छ, ‘लकडाउनले उद्योगधन्दा बन्द हुँदा घन्टाका हिसाबले काम गर्ने र आंशिक जागिर खानेहरु पनि नराम्ररी प्रभावित भएका छन्।’
यो संकटबाट पार लगाउन नीति उपाय अवलम्बन गर्न प्रतिवेदनले भारत सरकारलाई सुझाव पनि दिएको छ।
प्रतिवेदनले कोरोना संकटका कारण भारतमा सन् २०२० को दोस्रो त्रैमाससम्म ६.७ प्रतिशत अर्थात १९.५ करोड मानिसको पूर्णकालीन जागिर जाने सम्भावना पनि उत्तिकै छ। – एजेन्सी
15 minutes ago
26 minutes ago
59 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
3 hours ago
3 hours ago
3 hours ago
4 hours ago