काठमाण्डौ । महामारी कोरोनाभाइरस (कोभिड १९) को खतरा बढिरहेको छ। लकडाउनका कारण मानिसहरु घरमा नै बसेका छन्। 

अहिलेसम्म यो भाइरसबाट ग्रसित बिरामीका लागि उपचार नै छैन। तर सामाजिक दूूरीका मद्दतले कोरोनाभाइरसको चेन तोड्न सकिन्छ। 

पछिल्लो समय कोरोनाभाइरस रोक्ने तमाम कोसिस गरिँदै आइएको छ। तथापि घरमा नै बसेर पनि केही सावधानी अपनाइएको खण्डमा यसले कोरोनाभाइरससँग लड्न मद्दत मिल्दछ।

सरसफाइमा ध्यान दिन ज्यादै जरुरी

अनुुहारमा बारम्बार नछुुनुु, लगातार आफ्नो हात साबुुनले सफा राख्नुु र आफ्नो आसपास सरसफाई ध्यान राख्न धेरै जरुरी छ। कोरोनाबाट बच्नका लागि यति नै भने काफी छैन। कोरोना भाइरसलाई टाढा भगाउन भने आफ्ना बानीव्यवहार सुुधार गर्न धेरै जरुरी छ। कुुन–कुुन बानी सुुधार गर्नुुपर्ला यसका लागि न्यूूयोर्कका एक विज्ञले केही टिप्स साझा गरेका छन् -

धूम्रपान अविलम्ब छोड्ने

कोरोनाबाट टाढा हुुन सबैभन्दा पहिले धूम्रपान तुुरुन्तै छाडिदिनुुहोस्। ई–सिगरेट सेवन गर्नेले पनि तत्काल छोड्नुुपर्छ। ई–सिगरेट वा धूम्रपानको बानी छोड्दा तपाइँको फोक्सो सुुरक्षित रहन्छ र इन्फेक्सन फैलने खतरा हुुँदैन। 

न्युयोर्कका रेप्रोडक्टिभ मेडिसिन एसोसिएट्सका एमडी डा लकी सेखोनका अनुुसार कोरोनाभाइरस सीधै तपाइँको श्वासनलीमा हमला गर्छ र यसबाटै इन्फेक्सन फैलन्छ। यसैले फोक्सो दुुरुस्त राख्न अधिक जरुरी छ।

नयाँ दबाई नलिनुस्, रक्सी नपिउनुस् 

कोरोनाबाट बच्नका लागि डाक्टरको अनुुमतिबिना कुुनै पनि नयाँ दबाई लिन वा सप्लिमेन्ट नलिनुुस्। जरुरतभन्दा धेरै मादकपदार्थ सेवन वा असुुुरक्षित यौनसम्बन्ध बनाउनुु पनि खतरनाक हो। यो समय अधिकांश अस्पतालमा कोरोनाको बिरामी भर्ती हुुन्छन्। यस्तो बेला अस्पताल जाँदा पनि इन्फेक्सन हुुुने खतरा बढ्छ।

बारम्बार किनमेल गर्न नजानुु

यथासम्भव भीडभाड ठाउँमा जान बचौँ। लकडाउन खुुलेपछि जहाँ भीड हुुन्छ त्यहाँ यथासम्भव नजानुुस्। जति घरभन्दा बाहिर कम निस्कनुुहुुुन्छ उति नै संक्रमणको खतरा कम हुुन्छ। विज्ञका अनुुसार अधिकांश मानिसहरुको स्वभाव यो हुुन्छ कि घरका लागि ग्रोसरी सपिङमा बारम्बार घरबाट बाहिर जान्छन् तर यस्तो भुुलेर पनि गर्र्नुुहँुुदैन। सकिन्छ भने एकै पटक खरिद गरौं। जतिपटक घरबाहिर किनमेलका लागि जानुुहुुन्छ त्यति नै मानिसहरुसँग मुुठभेड भई इन्फेक्सको खतरा बढ्न सक्छ।

प्रत्येक चीजको सतह सफा राख्नुुहोस्

धेरै हामी बाहिरबाटै सामान किनेर ल्याउँछौं तर बिना सफाइ बिना धोइपखाली प्रयोग पनि गर्छौं। यो बानी अब बदल्नुुपर्छ। आफैंलार्ई पनि सफासुुग्घर राख्ने साथै आफूूूले खरिद गरेर ल्याएको सामानको सतह पनि सफा राख्नुुहोस्। विज्ञका अनुुसार इन्फेक्सनबाट बच्नका लागि आफ्नो घरको डेस्क, ढोकाको ह्यान्डल र आफ्नो मोबाइल फोन पनि लगातार सफा राख्नुुहोस्।

खाना सेयर नगर्नुु

महामारी वा भाइरस यस्तो हुुन्छ जो एकबाट अर्को व्यक्तिमा ट्रान्सफर हुुन्छ। एक व्यक्तिद्वारा अर्को व्यक्ति संक्रमित हुुन सक्छ। यस्तो अवस्थामा खाना साझा गर्ने आफ्नो बानी पनि सुुधार्न जरुरी छ। खानपिन र भाँडाकुुँडा साझा गर्दा सहजै भाइरस फैलन्छ। यसैले यो समय आफ्नो खाना वा भाँडा कसैसँग साझा नगर्नुुहोस्।

अनलाइन अफवाहमाथि ध्यान नदिने

सामाजिक सञ्जालको प्रयोग हामी आफन्तसँग केही सेयर गर्न वा जानकारी आदानप्रदान गर्नका लागि गर्दछौं। तर महामारीको यो बेलामा सोसल मिडियामा स्वास्थ्यसँग जोडिएकाकतिपय अफवाह फैलिरहेको छ। सोचविचार नै नगरी मानिसहरु अफवाह सेयर पनि गरिरहेका छन्। यस्तो भ्रामक जानकारीलाई मान्नुुका साटो मेडिकल विज्ञको सल्लाह लिनुुहोस्। तिनीहरुलाई साझेदारी बिना सोच्नुुहोस् वा यी सल्लाहहरुको पालना गर्नुुहोस्। यस्तो गर्नुु स्वास्थ्यका दृष्टिकोणले राम्रो मानिँदैन। अप्वाइन्टमेन्ट बिनै डाक्टरकहाँ नजानुुहोस्।

कोरोनाभाइरसको यो दौरानमा बिनाकारण डाक्टरहरुकहाँ वा अस्पतालमा नजानुुहोस्। यदि तपाइँलाई कुुनै पनि प्रकारको लक्षण देखिए घरमै डाक्टरलाई सम्पर्क गर्नुुहोस्। यसबाट पत्ता लगाउन सकिन्छ कि तपाइँलाई कोरोना लक्षण छ कि छैन। यदि लक्षण भए कहाँ गएर कोरोना परीक्षण गर्ने हो बिना अप्वाइन्टमेन्ट डाक्टरकहाँ जाँदा दोस्रो व्यक्तिको ज्यान पनि जोखिममा पर्न सक्छ।