काठमाण्डौ । कोरोना महामारीको चपेटामा परेपछि विश्वका मानिसले एउटा अर्को खतराका बारेमा भुलिरहेका छन्। त्यो हो यो संकटपछिको विश्वमा तीवग्रगतिमा रोबोटको उदय।

विश्लेषकहरुको भनाइ छ कि राम्रो होस् वा नराम्रो तर यो सच्चाइ हो कि अबै थुप्रै काममा मानिसको ठाउँमा रोबोटले स्थान पाउनेछन्। कोरोना संकटले अहिले यो दिशामा अधिकांश देशले प्रयास अगाडि बढाइसकेका छन्। भविष्यवक्ता मार्टिन फोर्ड भन्छन्, ‘मानिस आमरुपमा यो भन्न्न रुचाउँछ कि कुनै पनि गविधिमा मानिसको उपस्थित हुनैपर्छ तर कोरोना संकटले यसलाई पूर्ण रुपमा परिवर्तन गरिदिएको छ।’

आउने समयमा कसरी रोबोट अर्थव्यवस्थाको एउटा अहम हिस्सा बन्ला भन्ने विषयमा मार्टिन फोर्डले एउटा लेख नै लेखेका छन्। मार्टिन भन्छन्, ‘कोरोनाको असरले उपभोक्ताको प्राथमिकताहरुमा परिवर्तन ल्याइरहेको छ र अटोमेसिनका लागि नयाँ अवसर खुल्न गइरहेको छ।’

विश्व विकसित देशहरुमा रहेका ठूलासाना सबै कम्पनी सामाजिक दूरी पालना गर्नका लागि अहिले रोबोट्सको प्रयोग भइरहेको छ। केही कम्पनीले मात्र अत्यावश्यक कर्मचारीलाई कार्यालयमा बोलाएका छन्।
अमेरिकाको सबैभन्दा ठूलो रिटेल कम्पनी वालमार्टले कार्यालयको भुइँ सफा गर्न रोबोटको प्रयोग गरिरहेको छ। 

दक्षिण कोरियाले मानिसको तापमान लिन र सेनिटाइजर बाँड्न रोबोटको प्रयोग गरिहेको छ। 

स्वास्थ्यविज्ञहरुले सन् २०२१ सम्म काम हुने ठाउँमा सामाजिक दूरी कायम राख्न चेतावनी दिएको छ। यस्तो अवस्थामा विकसित देशहरुमा मानिसको ठाउँमा रोबोटको माग बढ्न थालेको छ।

सरसफाइ कायम राख्न रोबोट उत्तम

सरसफाइ र सेनिटाइज कायम गर्ने वस्तु उत्पादन गर्ने कम्पनीहरुको माग बढ्दो छ। अल्ट्राभायलेट लाइटयुक्त रोबोट बनाउने डेनमार्कको कम्पनी यूभीडी रोबोटले चीन र युरोपमा सयौँ रोबोटा उत्पादन गरी पठाइसकेको छ। 

किराना सामान र रेस्टुराँबाट खाना होम डेलिभिरी गर्न पनि रोबोटको प्रयोग भइरहेको छ। 

विश्लेषकहरुका अनुसार जब विस्तारै विस्तारै लकडाउनसँगै खुल्न सुरु हुन्छ तब मानिसमा प्रविधिको प्रयोग बढेको देख्न पाइन्छ। हुन सक्छ कि स्कुल र कलेजको सरसफाइमा रोबोटको प्रयोग भइरहेको छ। 

द कस्टमर अफ द फ्युचर किताका लेखक ब्लेक मार्गन भन्छन्, ‘ग्राहक आफ्नो सुरक्षामा बढी केन्द्रित छन्। उनीहरु जहाँ गए पनि त्यहाँ काम गर्ने कर्मचारीको स्वास्थ्यका बारेमा सोच्न थाल्छन्। यस्तोमा ग्राहकको स्वास्थ्य सुरक्षामा रोबोटको प्रयोग भरपर्दो हुन सक्छ। ग्राहक रोबोट प्रयोग गर्ने कम्पनीलाई सरहाना पनि गर्न सक्छन्।’

सामाजिक दूरीमा सहायक

फुड सर्भिस एउटा यस्तो क्षेत्र हो जहाँ स्वास्थ्यसँग जोडिएका चिन्तनका कारण रोबोटको प्रयोग बढ्न सक्छ। म्याक डोनाल्डजस्ता फुड कम्पनी खाना पकाउने र त्यसलाई सर्भ गर्नेमा रोबोटको प्रयोगका विषयमा परीक्षण गरिरहेको छ।

अमेजन र वालमार्टका गोदाममा पहिलेदेखि नै रोबोटको प्रयोग भइरहेको छ। कोरोना संकटपछि यी दुई कम्पनीले सामान प्याकिङ र डेलिभरीमा पनि रोबाटोको प्रयोग बढाउने विचार गरिरहेका छन्।

विशेषज्ञहरु भने रोबाटोको प्रयोग हरेक क्षेत्रमा गरिँदा आममानिसको जागिर जाने सम्भावना बढी हुनमा चिन्तित छन्। यदि रोबोटले मानिसले गर्ने कामहरुमा सफलता हासिल गर्दै गएमा फेरि कुनै काममा मानिसको उपस्थित हुने सम्भावना कम हुने उनीहरुको भनाइ छ।

रोबोट बनाउन र त्यसको व्यापारिक प्रयोग सुरुमा खर्च धेरै भए पनि प्रयोग गर्दै जाँदा मानिसलाई दिइने सेवासुविधाभन्दा सस्तो पर्ने विज्ञहरु बताउँछन्। मार्टिन फोर्टका अनुसार कोरोना संकटपछि रोबोटको प्रयोग बजारका लागि फाइदाजनक हुन सक्छ। उनी भन्छन्, ‘अब मानिसहरु त्यहाँ जान रुचाउँछन्, जहाँ मानिसको उपस्थित कम र मेसिनको प्रयोग धेरै होस्। यसबाट उनीहरु स्वास्थ्य हुने जोखिम कम भएको महसुस गर्न सक्छन्।’

मानिसको बराबर होलान् त रोबोट ?

आर्टिफिसियल इन्टेलिजेन्स यस किसिमले विकसित गरिएको छ कि जुन स्कुलमा पढाउने शिक्षक, फिटनेस ट्रेनर र वित्तीय मामिलामा सल्लाह पनि सक्षम छन्। प्रविधिको क्षेत्रमा ठूला कम्पनी आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग बढाइरहेका छन्। फेसबुक र गुगलजस्ता कम्पनी पनि कुनै गलत पोस्ट हटाउनका लागि आर्टिफिसियल इन्टेलिजेन्सको सहारा लिइरहेका छन्।

रोबोटको सम्भावनाका विषयमा सशंकित मानिसहरुका अनुसार काममा मानिस रोबोटभन्दा माथि छन्। तर यो सच्चाइ बदलिन सक्छ किनकि लकडाउनका कारण मानिस घरमै बसी कामभन्दा पनि सुविधा लिनमै मज्जा लिइरहेका छन्।

विशेषज्ञ म्याक किङ्सीले सन् २०१७ को उटा रिपोर्टमा यो कुरा अनुमान लगाएका थिए कि अमेरिकामा एक तिहाइ कामदारले सन् २०३० सम्म अटोमेसिन वा रोबोटका कारण आफ्नो जागिर गुमाउनेछन्। तर महामारीमा त्यस्तो तागत छ कि अब मानिसहरुले नै तय गर्नुपर्छ कि प्रविधिका साथ कसरी तालमेल मिलाउने भन्नेबारे सोच्न बाध्य बनाएको छ। – बीबीसीबाट भावानुवादित