काठमाण्डौ । चीनको वुहान सहर कोरोनाभाइरको उत्पत्ति क्षेत्र मानिन्छ। अहिले यो भाइरसले विश्वभर आतंक मच्चाइरहेको छ।

वुहान सहरमै कोरोना संक्रमितको उपचारमा खटिएका दुईजना गोरा डाक्टरहरुको अनुहारको छाला कालो रङमा परिणत भएको छ। यसले मानिस थप आतंकित बन्न थालेका छन्। 

यी दुवै डाक्टर कोरोना संक्रमित बिरामीको उपचार गर्दागर्दै आफैँ संक्रमण सिकार भएका थिए। मृत्युको मुखमा पुगेका दुवै डाक्टरको ज्यान त बच्यो तर उनीहरुको अनुहारको छाला कालो भएको छ। चिकित्सकहरुका अनुसार कोरोनाभाइरस यी दुवै डाक्टरको लिभर निकै प्रभाव पारेको थियो, जसका कारण उनीहरुको अनुहारको छाला कालो भएको हो।

द डेली मेलको परिपोर्टअनुसार ४२ वर्षीय दुवै डाक्टर यी फेन र हु वेफेङ गत जनावरीमा वुहान सेन्ट्रल अस्पतालमा कोरोना संक्रमित बिरामीको उपचार गर्ने क्रममा आफैँ बिरामी परेका थिए। यी दुवै डाक्टर चीनमा कोरोनाभाइरसविज्ञ ह्विसल ब्लोअर ली वेनलियानगका सहयोगी हुछन्।  ह्विसललाई कोरोनाभाइरसबारे खुला गरेकोमा चीन सरकारले दण्डित गरेको थियो। गत फेब्रुअरी ७ मा ह्विसलको यही भाइरसका कारण ज्यान गएको थियो।

डा फेन वुहानमा हृदयरोग विशेषज्ञका रुपमा काम गर्छन्। ३९ दिनसम्म भेन्टिलेटरमा बसेर डा फेनले कोरोनाभाइरसमाथि जित हासिल गरे। 

जुन मेसिनबाट डा फेनलाई बचाइयो त्यो मेसिनलाई ईसीएमओ भनिन्छ। जसले शरीरमा रहेको रगतमा अस्किजनलाई पम्प गरेर मुटु र फोक्सोलाई काम गर्न मद्दत गर्छ। 

स्थानीय टीभी च्यानल सीसीटीभीमा अन्तर्वार्ता दिँदै डा फेनले आफू निकै हदसम्म ठिक भएको बताए। उनले अहिले हिँड्दामा भने केही समस्या रहेको सुनाए। – एजेन्सी