काठमाण्डौ। कोरोनाभाइरस महामारीबीच स्विडेनमा एउटा अनौठो रेस्टुुराँ खुुलेको छ।

एउटा विशाल मैदानको मध्यभागमा अवस्थित यो रेस्टुुराँमा संक्रमणबाट बच्नका लागि कयौँ कदमहरु उठाइएका छन्। यहाँ सामाजिक दूरी कायम गर्ने नियमको भरपुुर पालना गरिएको छ। 

कोरोनाको संक्रमण रोक्न र यसबाट बच्नका लागि एक दिनमा केवल एकजनामात्रै ग्राहकले रेस्टुुराँमा बसेर खाना खान सक्नेछ। यहाँ ग्राहकका लागि केवल एउटामात्रै टेबल उपलब्ध गराइने व्यवस्था गराइएको छ। 

रेस्टुुराँमा ग्राहकलाई खाना वेटरले दिने छैन। यसका लागि डोरीको प्रयोग गरिनेछ। जहाँ डोरीले सहायताले टोकरीमार्फत ग्राहकसामुु खाना पुुर्याइनेछ। 

यो अनौठो रेस्टुुराँका नाम “टेबल फर वान” राखिएको छ। यो रेस्टुराँमा आउने ग्राहकले खुुला आकाशमुुनि एक्लै बसेर खाना खानुुपर्नेछ।

टेबल फर वानमा बसेर खाना खानका लागि ग्राहकले अझै पाँच दिनसम्म प्रतीक्षा गर्नुुपर्ने हुुन्छ। यही १० मेबाट यो रेस्टुुराँको उद्घाटन हुुने कार्यक्रम रहेको छ। १ अगस्ट सम्म यहाँ ग्राहक आउन सक्नेछन्। 

कोरोनाभाइरसको रोकथाम र नियन्त्रणका लागि रेष्टुुराँमा कयौ उपायहरु अपनाइएका छन्। जस्तै ग्राहकले खाएको भाडालाई दुुईपटक धोइनेछ र टेबललाई पनि सेनिटाइज गरिनेछ। 

यस्तै खाना पकाउने बेला पनि विशेष सावधानी अपनाइने रेस्टुुराँ सञ्चालकले जानकारी दिएका छन्। 

स्विडेनमा हालसम्म २२ हजारभन्दा धेरै मानिसलाई कोरोनाभाइरसको संक्रमण देखिएको छ भने तीमध्ये २७६९ जनाको मृत्युु भइसकेको छ। – एजेन्सी