काठमाण्डौ। कोरोनाभाइरसको महामारीको असर विश्वभरका देशको आपसी सम्बन्धमा पनि देखिन थालेको छ।

चीन र अस्ट्रेलियाको द्विपक्षीय व्यापार सम्बन्धमा पनि यो भाइरसको ठूलो असर देखिन थालेको छ। अहिले यो भाइरसलाई लिएर दुवै देशबीच निकै राजनीतिक हलचल मच्चिएको छ।

अस्ट्रेलियाले सुरुदेखि नै कोरोनाभाइरस चीनको वुहान सहरमा उत्पत्ति भएकोले यसको अनुसन्धानमा निकै जोड दिइरहेको छ। चीनले यो कुराको निकै आपत्ति जनाइरहेको छ। 

अस्ट्रेलियाका वाणिज्यमन्त्री समोन बर्मिङ्गम चीनले आफ्नो रवैया देखाउन थालेको बताएका छन्। उनले भने, ‘अस्ट्रेलियाबाट जौको आयातमा चीनले भारीमात्रामा अनुचित शुल्क लगाउने तयारी गरिरहेकोमा हामी चिन्तित छौँ।’

अस्ट्रेलिया चीनमा जौको सबैभन्दा ठूलो आपूर्तिकर्ता हो। अस्ट्रेलियाले चीनमा वार्षिक १.५ देखि २ अर्ब अस्ट्रेलियाली डलरबराबरको जौड निर्यात गर्छ। चीनले अस्ट्रेलिया उत्पादन आधारभन्दा बढी जौ खरिद गर्छ।

अस्ट्रेलियास्थित चिनियाँ राजदूतले गत महिना चिनियाँ उपभोक्ता अस्ट्रेलियाली बिफ, वाइन, पर्यटन र युनिभर्सिटीबाट बहिष्कार हुन सक्ने बताएका थिए। उनले भने, ‘कोरोना भाइरसकै कारण चीनमाथि अस्ट्रेलियाले थुप्रै अनुचित हमला गरिरहेको छ।’

चीनले अस्ट्रेलियामा उत्पादित अन्नलाई सूचित गरेको छ। चीनले जौमा ७३.६ प्रतिशतसम्म डम्पिङ मार्जिन र ६.९ प्रतिशतसम्म सब्सिडी मार्जिन लगाउने विचार गरिरहेको बताइएको छ। –एजेन्सी