काठमाण्डौ । कोरोनाभाइरस महामारीबाट सुस्ताएको आर्थिक गतिविधिका कारण विश्व अर्थव्यवस्थामा ८.८ ट्रिलियन अमेरिकी डलरसम्मको नोक्सानी हुन सक्ने प्रक्षेपण गरिएको छ।

एसियन डेभलपमेन्ट बैंक (एडीबी) ले कोरोनाका कारण विश्व अर्थव्यवस्थामा ५.८ ट्रिलियन डलरदेखि ८.८ ट्रिलियन डलरसम्म नोक्सानी व्यहोर्नुपर्ने प्रक्षेपण गरेको हो। 

एडीबीका अनुसार नोक्सानीको यो अवस्था विश्व आर्थिक उत्पादनको ६.४ प्रतिशतदेखि ९.७ प्रतिशतबराबर रहेको छ। 

गत महिना एडीबीले विश्व अर्थव्यवस्थाका विषयमा जुन भविष्यवाणी गरेको थियो, त्यसको तुलनामा यो नोक्सानी दुईगणा बढी पनि हो।

एडीबीले यो महामारीका कारण विश्व बजार अझै ६ महिना प्रभावित हुने भन्दै यस्तो प्रक्षेपण गरेको बताइएको छ। – एजेन्सी