काठमाण्डौ । छिमेकी मुलुक भारतमा विश्व महामारी कोरोनाभाइरसबाट बितेको २४ घन्टामा झन्डै ५ हजार मानिस संक्रमित भएका छन्। यो भारतमा एकैदिन यत्तिका संक्रमित फेला परेको अहिलेसम्मकै उच्च हो।

अघिल्लो दिनमात्रै चीनमा रहेका संक्रमितको आँकडालाई उछिनेको भारतमा बितेको २४ घन्टामा ४ हजार ९८७ जना नयाँ संक्रमित फेला परेका हुन्। भारतको स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार बिहानसम्म कोरोनाबाट ९० हजार ९२७ जना संक्रमित भइसकेका छन्। जसमध्ये २ हजार ८७२ जनाको ज्यान गइसकेको छ भने ३० हजार १५२ जनाले स्वास्थ्यलाभ गरेका छन्।

चीनमा आइतबार बिहानसम्म ८२ हजार ९४७ जना संक्रमित भएका छन्। तीमध्ये ४ हजार ६३३ जनाको ज्यान गइसकेको छ भने ७८ हजार २२७ जनाले स्वास्थ्य लाभ गरेका छन्।

पछिल्लो दुई दिनकै अवधिमा भारतमा संक्रमितको संख्या ८० हजारबाट बढेर ९० हजार पुगेको छ। 

विश्वभरको तथ्यांक हेर्ने हो भने आइतबार बिहानसम्म ४७ लाख २२ हजार २३३ जना संक्रमित भइसकेका छन्। तीमध्ये ३ लाख १३ हजार २६६ जनाको मृत्यु भएको छ भने १८ लाख १३ हजार २० जना निको भएकाछन्। – एजेन्सी