काठमाण्डौ । कोरोनाभाइरसको महामारीले हाम्रो स्वास्थ्यका साथसाथै वित्तीय अवस्थालाई पनि प्रभावित पारिरहेको छ।

संकटको यो अवस्थामा हाम्रो खर्च गर्ने तौरतरिका र क्षमता पनि बदलिएको छ। अब आउने भविष्यमा यसको कति प्रभाव पर्छ भनेर यकिन गरेर भन्न सकिने अवस्था छैन तर तयारी भने पहिल्यैदेखि गर्नुुपर्ने हुुन्छ। 

सुुनौलो भविष्यका लागि आजबाट नै वित्तीय अवस्था सम्हाल्नुुपर्छ ता कि भविष्यमा हुुने नोक्सान र पैसाको अभावसँग जुुुुध्न सकियोस्। यस्तो गर्न गाह्रो भने छैन। यसका लागि समझदारीसँग पैसाको प्रबन्ध, राम्रो वित्तीय योजना र अनुुशासनको आवश्यकता पर्ने गर्दछ। 

वर्तमान अवस्थाको आँकलन

भविष्यका लागि योजना बनाउनुुभन्दा पहिले वर्तमान अवस्थाको आँकलन गर्नुुपर्दछ। तपाइँले कति कमाउनुुहुुन्छ र आफ्नो कमाइ कहाँ खर्च गर्नुुहुुन्छ यसको विश्लेषण गर्न आवश्यक पर्दछ। कतै तपाइँलाई ऋण तिर्न गाह्रो परिरहेको त छैन। 

यसैगरी आपतकालीन अवस्थाका लागि तपाइसँग पर्याप्त राशि छ कि छैन सुुनिश्चित गर्नुुपर्दछ। आफ्नो वर्तमान बिमा योजनाको विश्लेषण गर्नुुपर्दछ र तपाइँसँग कुुनै अप्रिय अवस्थाका लागि पर्याप्त बिमा राशि छ कि छैन भनेर पहिले नै सुुनिश्चित हुुनुुपर्दछ। 

यी सबै कुुराबाट तपाइँलाई आफ्नो वित्तीय अवस्थाबारे बुुझ्न सजिलो हुुने गर्दछ। यदि कुनै वित्तीय समस्या देखिए कुुन क्षेत्रमा ध्यान दिन आवश्यक रहेको छ भनेर जान्न सजिलो हुुने गर्दछ। 

भविष्यका लागि लगानी

भविष्यमा कुुनै पनि वित्तीय समस्या र चिन्ता नबढोस् भनेर यसका लागि लगानीको सही विकल्प रोज्नुुपर्ने हुुन्छ। यसका लागि वित्तीय बजारमा तपाइँसामुु धेरै विकल्पहरु रहेका हुुन सक्छन्। यी विकल्पहरुमध्येबाट आफूलाई सुुहाउँदो उपयुुक्त विकल्प छान्नुुपर्दछ। यसका लागि वर्तमान र भविष्य दुुवै परिस्थितिको आँकलन गर्नुुपर्दछ। लगानी गर्दा हुुने खर्च र पछि यसले दिने प्रतिफलमा यी सबै कुुरा निर्भर हुुने गर्दछ। 

कम गर्नुुपर्दछ खर्च 

सबैभन्दा पहिले आफ्नो खर्चलाई नियन्त्रणमा राख्नुुपर्दछ। यसका लागि आफ्नो पछिल्लो ५० दिनको खर्चलाई विश्लेषण गर्नुुपर्दछ। अनावश्यक क्षेत्रमा हुुने खर्चहरु कटौती गर्दै जानुुपर्दछ। अहिले सारा विश्वभर कोरोनाको प्रभाव रहेकाले करिब १ वर्षसम्मका लागि घुुमघाम गर्न र यात्रा गर्नबाट बच्नुुपर्दछ। यसका साथै बाहिर गएर खानपानी गर्ने र महँगो र विलासी वस्तुुहरु खरिद गर्नबाट पनि बच्नुुपर्दछ। यसलाई आफ्नो जीवनको नियम बनाएर बचेको पैसाले सही ठाउँमा लगानी गर्नुुपर्दछ। 

नयाँ ऋण लिनबाट बच्नुुपर्दछ 

यो बेलामा जति ऋण लिनुुहुुन्छ भविष्यमा त्यति नै धेरै ब्याज तिर्नुुपर्ने हुुन सक्छ। त्यसैले भविष्यमा बचतभन्दा खर्च धेरै हुुन जान्छ। यसका अलावा सानातिना खर्चहरु जस्तै मोबाइल, ल्यापटप, अनलाइन सपिङका लागि ईएमआईबाट भुुक्तानी गर्नबाट टाढै बस्नुुपर्दछ। – एजेन्सी