काठमाण्डौ । कोरोनाभाइरसका कारण भएको लकडाउनमा घरभाडाका लागि बहालमा बस्नेहरुलाई समस्याको पहाड खडा भएको छ। नोकरी गइसकेपछि उनीहरुसँग कोठाको भाडा तिर्ने पैसा समेत बचेको छैन।

यसैबीच युरोप र अमेरिकामा घरमालिकहरुले घरभाडाका सट्टा महिलालाई शारीरिक सम्बन्ध बनाउन माग गरिरहेका घटनाहरु सार्वजनिक भइरहेका छन्।

नेसनल फेयर हाउजिङ एलायन्स (एनएफएचए)को एउटा रिपोर्ट अनुुसार १०० भन्दा धेरै फेयर हाउजिङ ग्रुुपले पूरै अमेरिकामा मानिसहरु यस्तै समस्यासँग जुुधिरहेको देखेको छ। यस महामारीका बीच देशमा यौन उत्पीडनको मामला १३ प्रतिशत बढेको छ।

एक महिलाले एनएफएचएको वेबसाइटका माध्यमद्वारा भनेकी छन्, ‘यदि मैले आफ्नो प्रोपर्टी मेनेजरका साथ सेक्स गर्न नमाने मलाई घरबाट बाहिर निकालिदिन्छ। एक सिगंल आमा भएको नाता मसँग दोस्रो कुुनै विकल्प बचेको छैन। म आफ्नो घर गुुमाउन चाहन्न।’

घरभाडाका बदला सेक्सको माग गर्ने मामला अब अमेरिकादेखि ब्रिटेनमा पनि परीक्षणको दायरामा आएको छ। सेक्सको बदला रेन्ट फ्री एकोमोडेसनको सुुविधाका नाममा बढ्दो अनलाइन विज्ञापनहरुबाट पनि पर्दा उठेको छ।

विश्वभरि नै तीव्र गतिमा फैलिरहेको कोरोनाभाइरसका कारण लाखौं रोजगारीबाट हात धुुनुु परिरहेको छ। लकडाउन र यात्रामा बन्दाबन्दी भएपछि व्यापार व्यवसाय ठप्प भएको छ। आम्दानीका साधन समाप्त भएपछि आज वित्तीय संघर्षसँग लडिरहेका छन्।

उत्तर अमेरिका र यूूरोपियन अथोरिटीज क्यास बेनेफिट्स, रेन्ट फ्रिजिस र निष्कासन प्रतिबन्धसँग जोडिएको नियम आएको छ ता कि मानिसहरु बेघर हुुनबाट बच्न सकुुन्। एनएफएचएका सल्लाहकार मोर्गन विलियम्स भन्छन्, ‘घरबाट बाहिर निस्कनका लागि विवश व्यक्तिहरुका सामुु कतिपय समय ठूूला कठिन विकल्प बच्छ।’

भाडाका लागि सेक्सको व्यापकतासँग जोडिएको तथ्यांक दुुर्लभ छ। हाउजिङ विज्ञका अनुुसार कानूून नबुुझेकाले उल्टै घरमालिकको शिकार भएका पीडितमाथि वेश्यावृत्तिको आरोप लाग्न सक्छ।

हाउजिङ च्यारिटी सेल्टर (इंल्यान्ड) को २०१८ को एक रिपोर्ट अनुुसार पछिल्लो ५ वर्षमा प्रपोर्टी मेनेजरले भने, ‘करिब अढाइ लाख महिलाहरु घरभाडा दिनुुका सट्टा यौनप्रस्ताव गर्छन्।’

यौनउत्पीडनविरुद्ध अभियान चलाउने ब्रिटिस ल मेकर वेहा हबहाउसका अनुुसार भाडाका सट्टा सेक्सको माग बढ्ने सम्भावना पहिले नै थियो किनकि लकडाउनका समय व्यक्तिहरुसँग घरमा कैद हुुनेबाहेक अन्य कुुनै विकल्प थिएन।

हबहाउस भन्छ, ‘महामारीका दौरान पूरै बेलायतमा वित्तीय संकटसँग जुुधिरहेका मानिसहरुले यसको अनुुभव गरेका छन्। भाडा तिर्नमा असमर्थ व्यक्तिहरुको बाध्यता घरमालिकको सर्त स्वीकार गर्नुुपरेको छ।’

एनएफएचएले आफ्नो रिपोर्टमा दाबी गरिएको छ कि धेरै महिलाहरु घरमालिकका विरुद्ध यौन उत्पीडनका घटना दर्ता गरेका छैनन्। किनकि उनीहरुलाई डर छ कि यसो गरेमा प्रपोर्टी मेनेजरले घरबाट बाहिर निकाल्नेछन्। त्यस्तै वित्तीय अवरोध पनि अर्को कारण हुनसक्छ।

मानव अधिकारका वकिल कारिन लान्गे भने, ‘भाडाको बदलामा सेक्सका लागि अमेरिकामा महिलाहरु धेरै समयदेखि नै सिकार भइरहेका छन्। यसमा यौन बेचबिखनबाट बचेका महिलाहरु, जेलका कैदीहरु र अल्पसंख्यक समावेश छन्।’ – एजेन्सी