काठमाण्डौ। कोरोना महामारीबीच बेलायतमा एक नर्स र डाक्टरको अस्पतालमै विवाह भएको छ।

यही वर्ष हुुने भनिएको उनीहरुको विवाह यसअघि कोरोनाको प्रकोपका कारण रद्द भएको थियो। बेलायतको नेसनल हेल्थ सर्भिस (एनएचएस) का ३० वर्षीय डाक्टर अनन्लन नभरात्नम र ३४ वर्षीया नर्स जान टिप्पिङले सेन्ट्रल लन्डनस्थित सेन्ट थोमस हस्पिटलमा लगनगाँठो कसेका हुुन्। उनीहरुले आफ्ना परिवारका सदस्यहरुको भर्चुअल उपस्थितिमाझ विवाह गरेका हुुन्। यो वैवाहिक समारोहमा दुुवैतर्फका परिवारका सदस्यहरु वेब क्यामका माध्यमबाट जोडिएका थिए। 

बेलायती पत्रिका द सनका अनुुसार यो समारोहमा जम्मा पाँचजनालाई मात्रै सहभागी हुुने अनुुमति दिइएको थियो र परिवार र अन्य आफन्तजनहरु वेब क्यामका माध्यमबाट जोडिएका थिए। पहिले नै तय भएको यो विवाह दुुवै बेहुुला र बेहुुली पक्षका परिवारजनहरु कोरोना महामारीका कारण बेलायत आउन नसक्ने भएपछि विवाह रद्द भएको थियो। नभरात्नमको परिवार श्रीलंका र टिप्पिङको परिवार उत्तरी आयरल्यान्डमा बसोबास गर्ने गर्दछन्। 

यो विवाह समारोहको अनुुमतिका लागि उनीहरुले ठूलो संघर्ष गरेका थिए। वैवाहिक समारोह सम्पन्न भएपछि नव दाम्पत्य जोडीले एउटा भर्चुअल ड्रिंग्स रिसेप्सनको आयोजना पनि गरेका थिए। यो जोडी त्यही अस्पतालमा काम गर्ने गर्दथे जहाँका डाक्टरहरुले कोरोना संक्रमित बेलायतका प्रधानमन्त्री बोरिस जोनसनको ज्यान बचाएका थिए। 

यो विवाह समारोहमा विवाह गर्ने जोडीका अलावा एकजना पुुजारी र दुुईजना साक्षीकर्ता मात्रै उपस्थित भएका थिए। 

विवाह समारोहको दौरान सामाजिक दूरीको नियमको पालना गरिएको थियो। विवाह सम्पन्न भएपछि दुुवैजना दम्पतीले संकटको यो घडीमा पनि एक हुुन पाउँदा आफूहरु खुुसी भएको बताएका छन्। – एजेन्सी