काठमाण्डौ। गत वर्ष चीनको वुुहानबाट सुुरु भएको कोरोनाभाइरसको दुुष्प्रभाव विश्वभर जारी नै रहेको छ।

विश्व समुुदायका लागि यो भाइरस नयाँ भएकाले यसबारे वैज्ञानिक र अनुुसन्धानकर्ताहरु पनि अनविज्ञ नै छन्। भाइरसको जटिलता र यो फैलावटबारे विभिन्न खुुलासा भई नै रहेका छन्। 

यस्तैमा कोरोनाभाइरसबारे एउटा नयाँ तथ्य सार्वजनिक भएको छ। वैज्ञानिकहरुले हालै जारी गरेको एक अध्ययन अनुुसार कोरोनाभाइरस फैलने एउटा प्रमुुख कारक र माध्यम हावा हुुन सक्छ। पीटीआईमा प्रकाशित खबरका अनुुसार एक वैज्ञानिक अध्ययनले विश्वभर कोरोनाभाइरस फैलनुुको तीनवटा मुुख्य स्थानमा कोरोनाभाइरसको प्रकोपको माध्यमको आँकलन गरेका छन्। 

रसायनशास्त्रमा नोबेल पुुरस्कार विजेता मारिया जे मोलिना र अन्य वैज्ञानिक सम्मिलित समूहले महामारीका तीन केन्द्र वुुहान, अमेरिकाको न्युुयोर्क सहर र इटलीमा कोरोना संक्रमणको रोकथाम र नियन्त्रणका लागि उठाइएका कदमहरुको आँकलन गरेर कोरोनाभाइरस फैलनुुको माध्यमहरुका बारेमा पत्ता लगाएका हुन्। अनुुसन्धानमा संलग्न वैज्ञानिकहरुले लामो समय विश्व स्वास्थ्य संगठनले केवल मानिसहरुलाई संक्रमितको प्रत्यक्ष सम्पर्कबाट मात्रै टाढा राख्नमा जोड दिएको र कोरोनाभाइरस हावा माध्यमबाट समेत फैलन सक्छ भन्ने तथ्यलाई नजरअन्दाज गरेको बताएका छन्। 

अनुुसन्धानमा संलग्न वैज्ञानिकहरुका अनुुसार हावाका माध्यमबाट फैलने प्रसार सबैभन्दा धेरै संक्रामक हुुने गर्दछ र यो नै संक्रमणको मुुख्य माध्यम हो। उनीहरुले सामान्य अवस्थामा नाकबाट श्वास लिँदा भाइरसवाला एरोसोल शरीरमा प्रवेश गर्ने बताएका छन्। सूक्ष्म ठोस कण र तरल साना थोपाहरु (ड्रपलेट्स) या त कुुनै दोस्रो ग्यासमा रहेको कोलाइडलाई एरोसेल भन्ने गरिन्छ। 

कुुनै संक्रमितले खोक्दा वा हाछ्युु गर्दा पैदा हुुने र मानिसको कपाल जत्रो मोटाइको आकारको एरोसोल्समा कयौ भाइरस हुुने आशंका हुुने गर्दछ। 

अनुुसनधानकर्ताका अनुुसार कोरोनाभाइरस नियन्त्रण गर्नकका लागि सामाजिक दूरी एक्लैमात्र अपर्याप्त हुुने गर्दछ। उनीहरुका अनुुसार विश्वमा कोरोनाभाइरस फैलुनुुको मुुख्य कारण हावाका माध्यमबाट कोरोना संक्रमण फैलन सक्छ भन्ने तथ्यलाई गम्भीरतापूर्वक नलिनुु हो। – एजेन्सी