काठमाण्डौ। भारतमा आगामी पाँच महिनामा कम्तीमा पनि ८० करोड जनतालाई निःशुल्क खाना दिने योजना घोषणा गरिएको छ।

यो योजना भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार घोषणा गरेका हुन्। योजनाको नाम ‘प्रधानमन्त्री गरिब कल्याण अन्न योजना’ राखिएको छ। 

त्यस कार्यक्रमअनुसार भारतका ८० करोड जनतालाई आगामी पाँच महिनासम्म, नोभेम्बरको अन्तिमसम्म निःशुल्क रुपमा खाना खानेगरी यो योजना घोषणा गरिएको हो। यो योजना गएको अप्रिल महिनादेखि नै भारत सरकारले सञ्चालन गरेको थियो। 

कोरोनाभाइरसले गर्दा समस्यामा परेका गरिब व्यक्तिहरुका लागि यो योजना घोषणा गरिएको हो। 

प्रधानमन्त्री मोदीले आगामी पाँच महिनाका लागि यो कार्यक्रम थप गर्ने घोषणा गरेका हुन्। यो योजनामार्फत भारतका गरिब जनता र कोरोनाको संक्रमणबाट रोजगारी गुमाएर समस्यामा परेका व्यक्तिहरुलाई सहयोग पुर्याइनने भारत सरकारले जनाएको छ। - रासस/एएनआई