काठमाण्डौ । कोरोनाभाइरस संक्रमण बढ्दै गएका १३ वटा देशबाट आउने यात्रीलाई इटाली प्रवेशमा प्रतिबन्ध लगाइएको छ।

समाचार एजेन्सी रोयटर्सका अनुसार इटालीको स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण बढ्दै गएका अरमिनिया, बहराइन, बंगलादेश, ब्राजिल, बोस्निया हर्जगोभिना, ओमान, पनामा, पेरु र डोमिनिक गणराज्यलगायत १३ देशका यात्रुलाई प्रवेशमा प्रतिबन्ध लगाएको हो। 

स्वास्थ्यमन्त्री रोबेर्टो स्पेर्नजाका अनुसार बितेको १४ दिनमा यी देशहरुमा घुमफिर गरेर फर्केका वा यी देशहुँदै फर्केकाहरुमाथि पनि इटाली प्रवेशमा प्रतिबन्ध लगाइएको छ। उनले युरोपियन संघका अन्य देश र सेन्जेन फ्री मुभमेन्ट एसियाबाट इटाली आउनेहरु पनि कम्तीमा १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने नियम बनाइएको जानकारी दिए। – एजेन्सी