काठमाण्डौ । विश्वमा हरेक १५ सेकेन्डमा कोरोना संक्रमणबाट एकजनाको ज्यान गइरहेको तथ्य सार्वजनिक भएको छ। 

रोयटर्सका अनुसार हरेक २४ घन्टामा कोरोनाबाट औसत ५ हजार ९०० जनाको ज्यान जाने गरेको छ । यो तथ्यांक पछिल्लो दुई साताको आँकडामा आधारित छ । 

यो हिसाबले विश्वमा हरेक घन्टा २४६ जना र प्रत्येक १५ सेकेन्डमा एकजनाको ज्यान गएको तथ्य सार्वजनिक भएको हो। 

हालसम्म विश्वभर कोरोनाबाट २.३ करोड मानिस संक्रमित भइसकेका छन्। तीमध्ये ८ लाख बढी ज्यान गइसकेको छ भने १.४ करोड मानिस ठिक भएका छन्। 

कोरोनाबाट सबैभन्दा बढी अमेरिका प्रभावित छ। अमेरिकामा मात्रै हालसम्म कोरोनाबाट १ लाख ७५ हजार बढी मानिसको ज्यान गइसकेको छ भने ब्राजिलमा १ लाख १३ बढीको मृत्यु भइसकेको छ। – एजेन्सी