काठमाण्डौ । गत अगस्ट १ मा रुसको राजधानी मस्कोमा कोरोनाविरुद्धको पहिलो भ्याक्सिनलाई अनुमति दिइयो र यसको नाम ‘स्पुतनिक ५’ नाम दिइएको। यो कुरा सारा विश्वमा भुसमा आगो लागेझैँ फैलियो।

सन् १९५७ मा सोभियत युनियनले स्पुतनिक स्याटेलाइट लन्च गरेको थियो। जसले स्पेसको दौडमा बाँकी सबैलाई पराजित गरेको थियो। यसैको सम्झनामा रुसले कोरोनाविरुद्ध प्रयोगमा लगाउन अनुमति दिइएको भ्याक्सिनको नाम स्पुतनिक–५ राखेको हो। 

अहिले रुसले मेडिकल साइन्समा ठूलो सफलता हात पारेको दाबी गरिरहेको छ। तर आलोचकहरुले यो दाबी वास्तविकभन्दा धेरै पर रहेको बताइरहेका छन्। 

जुन आशंकाबीच रुसले यो भ्याक्सिनलाई अनुमति दियो, यो केवल अन्तर्राष्ट्रियस्तर भ्याक्सिन विकासको प्रतिस्पर्धामा पहिलो हुने दाउपेचमा रहेको विश्लेषकहरु बताउँछन्। ‘यो भ्याक्सिन विकासको प्रतिस्पर्धा केवल राष्ट्रवादमात्र नभई सर्टकट, जासुसी, अनैतिक रुपमा जोखिम उठाउने र एक–अर्काप्रति द्वेष राख्ने कुराबाट प्रेरित छ’, उनीहरु भन्छन्।

अहिलेको अवस्थामा कोरोनाविरुद्धको भ्याक्सिनको व्यग्र पर्खाइमा सारा विश्व रहेको छ। यो व्यग्र पर्खाइमा केवल मानिसको ज्यान बचाउनमा मात्र सीमित छैन। किनकि यसले संसारमा भइरहेको उथलपुथलको अवस्थालाई अन्त्यस गर्नुका साथै जुन देशले पहिले यो भ्याक्सिन विकास गर्छ उसको नाम इतिहासमा लेखिन्छ। 

भ्याक्सिन विकासको अधिकांश कार्याक्रम व्यावसायिकसँग जोडिएको हुन्छ। अनि यो विशेषगरी अन्तर्राष्ट्रिय सहयोगमा आधारित पनि हुन्छ। तर अधिकांश देशलाई यी विषयमा कुनै पर्वाह छैन। उनीहरु केवल यति चाहन्छन् कि छिटोभन्दा छिटो भ्याक्सिन विकास गर्न सकियोस् र आफ्नो राष्ट्रको सम्मानलाई विश्वस्तरमा पुर्याउन सकियोस्। – एजेन्सी