काठमाण्डौ । पछिल्लो २४ घन्टाको अवधिमा काठमाण्डौ उपत्यकामा २ हजार ४०२ सहित ४ हजार ३९२ जना थप कोरोना संक्रमित फेला परेका छन्। योसँगै हालसम्म नेपालमा १ लाख २६ हजार १३७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

स्वास्थ्य मन्त्रालयले आज शुक्रबार नियमित पत्रकार सम्मेलनको आयोजना गर्दै पछिल्लो २४ घन्टाको अवधिमा १६ हजार ५३१ जनाको पीसीआर परीक्षण गर्दा ४ हजार ३९२ जनामा पोजेटिभ देखिएको छ। पछिल्लो २४ घन्टाको अवधिमा काठमाण्डौ जिल्लामा १ हजार ७८४ जना, भक्तपुरमा २४४ जना र ललितपुरमा ३७४ जनामा कोरोना संक्रमण फेला परेका छन्। 

यो अवधिमा कुल ३ हजार ५२२ जना संक्रमणमुक्त भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ८८ हजार ४० पुगेको मन्त्रालयले जनाएको छ । 

पछिल्लो २४ घन्टाको अवधिमा कोरोना संक्रमणबाट थप २१ जनाको ज्यान गएको छ । योसँगै मृतकको संख्या ७१५ पुगेको छ।