काठमाण्डौ । कोरोना महामारीबीच पनि एनआरएन लघुवित्त वित्तीय संस्था लिमिटेडको बिजनेसमा उल्लेख्य सुधार आएको छ।
संस्थाको शुक्रबार सार्वजनिक प्रथम त्रैमास वित्तीय विवरणअनुसार संस्थाले १ करोड ८५ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ। गत वर्ष यही अवधिमा भने संस्थाले खुद घाटा १३ लाख ९३ हजार रुपैयाँ घाटा व्यहोरेको थियो।
संस्थाको सञ्चालन मुनाफा पनि बढेर समीक्षा अवधिमा १ करोड १२ लाख रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष संस्थाले ५८ लाख ९६ हजार रुपैयाँ सञ्चालन घाटा बोकेको थियो।
प्रथम त्रैमासमा संस्थाले ७ करोड १९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। जब कि गत वर्ष यही अवधिमा यस्तो आम्दानी १ करोड ७० लाख रुपैयाँमा सीमित थियो।
संस्थाले समीक्षा अवधिमा ३ अर्ब ६३ करोड रुपैयाँ सापटी लिई ४ अर्ब ५१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत वर्ष यही अवधिमा संस्थाले १ अर्ब ३४ करोड रुपैयाँ सापटी लिई १ अर्ब ६५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।
संस्थाको रिजर्भको आकार ८ करोड ९७ लाख रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष रिजर्भको आकार २५ लाख ९० हजार रुपैयाँमा सीमित थियो।
संस्थाको चुक्तापुँजी ३९ करोड २८ लाख रुपैयाँ रहेको छ। गत वर्ष यही अवधिमा चुक्तापुँजी २० करोड ९२ लाख रुपैयाँ रहेको थियो।
संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ४.७२ रुपैयाँ, पीई रेसियो २११.०७ गुणा र प्रतिसेयर नेटवर्थ १२२.८४ रुपैयाँ रहेको छ।
9 hours ago
11 hours ago
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago
12 hours ago
13 hours ago
13 hours ago
13 hours ago