काठमाण्डौ । गत २४ घण्टाभित्र देशभर १ हजार ७९० कोरोना संक्रमित थपिएका छन् । यो अवधिमा २ हजार ७९१ संक्रमित निको भएका छन् । 

नयाँ तथ्यांकसहित देशमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको कुल संख्या २ लाख २४ हजार ७८ पुगेको छ भने निको हुनेको कुल संख्या २ लाख ४ हजार ८५८ पुगेको छ । 

लगातार थपिने संख्याभन्दा निको हुने संख्या बढेका कारण देशभर सक्रिय संक्रमितको संख्या पनि घट्दो क्रममा छ । जसअनुसार मंगलबार देशभर  १७ हजार ८५९ संक्रमित मात्र सक्रिय रहेका छन् । 

पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप २४ जनाको मृत्यु भएको छ । योसहित कोरोना संक्रमण भई ज्यान गुमाउनेहरुको कुल संख्या १ हजार ३६१ पुगेको छ ।