काठमाण्डौ । कोरोनाभाइरसको कारण विश्वभरका मानिसहरुले कठिन परिस्थितिको सामना गरिरहेका छन् । कोरोनाभाइरसको संक्रमण र यसबाट मृत्युु हुुनेको संख्या दिनानुदिन बढिरहेको छ । कुुनै सहर विशेष मात्रै नभई अहिले पूरै देश नै लकडाउन भइरहेका छन् । हजारौ मानिस क्वारेन्टाइनमा राखिएका छन् । विश्वको अर्थतन्त्र तहसनहस भएको छ । लाखौले रोजगारी गुुमाइरहेका छन् । संकटको यो अवस्था कहिलेसम्म रहिरहने हो भन्न सकिने अवस्था छैन । तर यस्तो कठिन र संकटको बेलामा पनि यस्ता कुुरा पनि अगाडि आएका छन् जसलाई सकारात्मक बदलावको रुपमा लिन सकिन्छ । 

१. प्रदुुषणमा कमी 
कोरोनाभाइरसको कारण कयौं देशमा लकडाउन र प्रतिबन्धहरु लागेका छन् । प्रतिबन्धका कारण उद्योग कलकारखाना पनि बन्द अवस्थामा रहेका छन् । जसले गर्दा प्रदुुषणको मात्रामा कमी आएको छ । चीन र उत्तरी इटलीमा वायुु प्रदुुषणको प्रमुुख कारक मानिने नाइट्रोजन डाइअक्साइडमा भारी गिरावट आएको छ । औद्योगिक कलकारखाना र सडकमा गुुड्ने कार र अन्य सवारी साधनमा आएको कमी नै यसको प्रमुुख कारण हो । न्युुयोर्कका अनुुसन्धानकर्ताले बितेका वर्षहरुभन्दा यो वर्ष कार्बन मोनोअक्साइडमा ५० प्रतिशतको गिरावट आएको बताएका छन् । यो ग्यास मुुख्य रुपमा कारबाट उत्सर्जन हुने गर्दछ । 

२.पानीको शुुद्धतामा परिवर्तन 
इटलीको भेनिसमा बसोबास गर्ने मानिसका अनुुसार सहरमा आउने नहरको पानीको शुुद्धतामा अहिले सुधार आएको छ । कोरोनाभाइसका कारण उत्तरी इटलीको यो पर्यटनका लागि चर्चित सहरका सडक सुनसान र खालि छन् । पर्यटक नहँुुदा वाटर ट्राफिक कम भएकाले यहाको पानी शुुद्ध हुुन गएको हो । पहिला धमिलो देखिने यहाको पानीमा अहिले माछा देखिन थालेका छन् । 

३.उदारता देखाउने काम 
कोरोनाको कारण धरैजसो देशका सहरहरु पूर्ण रुपमा बन्द भएका छन् । घरमा कतिबेलासम्म बस्नुु पर्ने हो भन्ने अनिश्चितताका कारण मानिसहरु पसलबाट दैनिक आवश्यक पर्ने खाद्यान्न र अन्य सामाग्रीको जोहो गर्न तल्लिन छन् । जसले गर्दा बजारमा सामाग्रीको अभाव हुुन थालेको छ । तर यस्ता दृश्यका बिच पनि केहि यस्ता खबर आएका छन्, जसले सकारात्मक बन्न प्रेरित गर्छन् । विश्वका प्रभावशाली व्यक्तिहरु कोरोनासंग लड्न सहयोग गरिरहेका छन् । चीनका ज्याक माले एसियाका देशहरुलाई कोरोनाबाट बचाउन ठूलो सहयोग गर्ने घोषणा गरेका छन् । विश्वका विभिन्न देशमा कोरोनासँग लड्नका लागि सहयोगी समूहहरु बनिरहेका छन् । 

अष्ट्रेलियाका सुपर मार्केटहरुले वृद्ध र अपांगहरुका लागि सामान किन्ने बेग्लै समय निर्धारण गरेका छन् । जसले गर्दा उनीहरुलाई सामान खरीद गर्न सहजता महशुुस भइरहेको छ । 

धेरै मानिसहरुले यो महामारीबाट बच्न चन्दा संकलन पनि गरिरहेका छन् । कतिले आफ्ना घर, र होटल क्वारेनटाइनका लागि दिइरहेका छन् । कतिपय घरबेटीले घरभाडा मिनाहा गरिरहेका छन् । 

४.एकजुुट हुँदैछन् मानिस 
अफिस, घरका काम र कार्यगत व्यस्थताका कारण अक्सर मानिसहरु आफन्त र परिवारबाट टाढा भइरहेका हुुन्छन । कोरोनाको कारण भने अहिले मानिसहरु परिवार र समुुदायसंग नजिक भइरहेका छन् । इटलीमा पूर्ण प्रतिबन्ध लागेको छ । यस्तोमा त्यहाँका जनता घरको कौसीमा आएर गीत गाएर एक अर्काको हौसला बढाइरहेका छन् । धेरै जसो मानिसहरु आफन्त ,र साथिभाई संग फोन र सामाजिक सञ्जाल मार्फत जोडिरहेका छन् । यति मात्रै नभई मानिसहरु मोबाइल एप मार्फत भर्चुुअल पाटी पनि गरिहेका छन् । 

यो भाइरसले स्वास्थ्य क्षेत्रमा अहोरात्र खटीने स्वास्थ्यकर्मीको मेहनत र कडा लगावको महत्व मानिसले बुुझ्न् मौका पाएका छन् । युुरोपमा हजारौ मानिस कौसिमा आएर कोरोनाको उपचारमा संलग्न डाक्टर र नर्सको हौसला बढाइरहेका देखिन्छन् । 

५.सिर्जनशीलतामा वृद्धि 
कोरोनाका कारण घरमा बसिरहेका मानिसका सिर्जनशीलतामा वृद्धि भएको छ । मानिसहरु किताब पढ्ने, चित्र कोर्ने, खाना बनाउने, गीत कबिता सिर्जना गर्ने जस्ता सिर्जनशील क्रियाकलापमा संलग्न हुुन थालेका छन् । वासिङ्टनको डीसी पब्लिक लाइबे्ररीले भर्चुुअल बुुक क्लबको थालनी गरेको छ । इटलीका चर्चित शेफ बोटुुराले इन्स्टाग्राममा एउटा विशेष सिरीज सुुरु गरेका छन् जसलाई उनले किचेन क्वारेन्टाइन नाम दिएका छन् । यसमा उनले खाना पकाउने सरल रेसिपीहरु सिकाउने गर्छन् ।

(बीबीसीको सहयोगमा तयार रिपोर्ट)