काठमाण्डौ । भारतमा कोरोना संक्रमणका मामिलामा गिरावट आउन थालेसँगै त्यहाँको रेल विभागले यूपी बिहारका कयौँ ठाउँहरुमा रेल सेवा सुरु गर्ने निर्णय गरेको छ। 

रेल विभागले कोरोनाका कारण बन्द अवस्थामा रहेका रेल सेवाहरु पुनः सुचारु गर्ने तयारी गरेको हो। भारतीय रेलवेले पूर्वमध्य रेलअन्तर्गत चल्ने करिब दुुई दर्जन यात्रुवाहक रेलहरु परिचालन गर्न लागेको छ। यी रेलहरुमा दिनदयाल उपाध्याय जक्सनबाट दिलदार नगर, गयाबाट किउल, दिनदयाल जक्सनबाट ताडीघाट र पटनाबाट सहरसाका बीच चल्ने डेमु र मेमु ट्रेनहरु समावेश छन्। 

यात्रुहरुको सुविधालाई मध्यनजर गर्दै पूर्वमध्य रेल क्षेत्राधिकारका विभिन्न रेल खण्डहरुमा पहिले रद्द गरिएका २४ वटा विशेष यात्रुवाहक रेलहरुलाई पुनः सुचारु गर्न लागिएको छ। – एजेन्सी