काठमाण्डौ। देशभर पछिल्लो २४ घन्टामा थप ३ हजार ४८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९०७ पीसीआर परीक्षण गर्दा २ हजार ६१६ र ५ हजार ७४९ एन्टिजेन परीक्षण गर्दा ८६५ जनामा संक्रमण पुष्टि भएको हो। जसमा काठमाण्डौ उपत्यकाका मात्रै ९६४ छन्। 

योसँगै हालसम्म कोरोना संक्रमितको कुल संख्या ७ लाख २३ हजार २९६ पुगेको छ।

पछिल्लो २४ घन्टामा थप १ हजार ८८५ जना निको भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या ६ लाख ७५ हजार ८३ जना पुगेको छ। 

हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ३३ जना रहेका छन्। तीध्ये ३४ हजार ८१३ जना होम आइसोलेसन र ३ हजार २२० जना संस्थागत आइसोलेसनमा छन्। कोरोना संक्रमितमध्ये ७९६ जना आईसीयू र १८४ जना भेन्टिलेटरमा उपचाररत छन्।

कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा ३० जनाको मृत्यु भएको छ। योसँगै कुल मृतकको संख्या १० हजार १८० पुगेको छ।