काठमाण्डौ । विभिन्न बीमा कम्पनीहरुले भुक्तानी गर्न बाँकी  कोरोना बीमाको सम्बन्धमा अर्थमन्त्री जनार्दन शर्माले छलफल थालेका छन् । 

बुधवार मन्त्री शर्माले  बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालसहितका पदाधिकारीहरुलाई बोलाएर कोरोना बीमा भुक्तानीका लागि आवश्यक पर्ने स्रोत साधन र उपायका विषयमा छलफल गरेका उनको निजी सचिवालयले जनाएको छ । 

यस विषयमा थप अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाउने गरी तयारी थाल्न समितिलाई अर्थमन्त्रीले निर्देशन समेत दिएका छन् । 

विभिन्न बीमा कम्पनीहरुले बीमितहरुलाई कोरोना बीमाको दाबीभुक्तानी बापतको ११ अर्बभन्दा बढी रकम तिर्न बाँकी छ ।