काठमाण्डौ । कोरोना महामारीले विश्वमा सेयरमूल्य बढ्दा धनी र गरिबबीचको खाडल झनै बढेको छ।
सन् २०१९ को अन्त्यमा देखा परेको कोरोना महामारीका कारण संसरमा थप १० करोड जनसंख्या गरिबीको रेखामुनि धकेलिएका छन्। विश्वमा गरिबीको रेखामुनि रहेकाहरु संख्या बढेर ७१ करोड १० पुगेको विश्व बैंकले हालै सार्वजनिक गरेको अध्ययन प्रतिवेदनले देखाएको छ।
विश्व बैंकले सार्वजनिक गरेको प्रतिवेदनअनुसार सेयरको मूल्य बढ्दा विश्वमा धनाढ्यको संख्या र सम्पत्ति झनै बढेको छ। सन् २०२० मा धनाढ्यहरुको कुल नेटवर्थ ३.६ ट्रिलियन बढ्दा नवधनाढ्यहरुको संख्या पनि संसारमा बढेको विश्व बैंकको प्रतिवेदनले जनाएको छ।
विश्व बैंकका एक अधिकारी लुकास चान्सेलका अनुसार यो अध्ययन प्रतिवेदन गरिब देशबाहेक धनी देशरुमा ४ वर्ष लगाएर १०० जना शोधकर्ताद्वारा अध्ययन गरेर तयार पारिएको हो। उक्त प्रतिवेदन अमेरिकास्थित युनिभर्सिटी अफ क्यालिफोर्निया तथा पेरिसस्थित थोमस पिकेट युनिभर्सिटीको सहकार्यमा तयार पारिएको थियो। – एजेन्सी
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago
14 hours ago
14 hours ago