काठमाण्डौ । भारतमा एकैदिनमै कोरोना संक्रमणको मामिला ५६ प्रतिशतले बढेको छ।

पछिल्लो २४ घन्टामा भारतमा ९० हजार ९२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जब कि अघिल्लो भारतमा ५८ हजार ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। यो हिसाबले एकैदिन भारतमा कोरोना संक्रमणको मामिला ५६.५१ प्रतिशतले उकालो लागेको हो। 

पछिल्लो २४ घन्टामा भारतमा कोरोना संक्रमणबाट ३२५ जनाको मृत्यु भएको छ। 

भारतमा अहिलो संक्रमण दर ६.४३ प्रतिशत पुगेको छ। सक्रिय संक्रमितको संख्या पनि २ लाख ८५ हजारभन्दा बढी भएको छ। 

हालसम्म भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या ३ करोड ५० लाखभन्दा बढी पुगेको छ। 

भारतमा एकैदिन ९१ लाखलाई कोरोना खोप लगाइएको छ। हालसम्म भारतमा कुल १ अर्ब ४८ करोड मानिसजना खोप लगाइसकिएको छ। –एजेन्सी