काठमाण्डौ । अघिल्लो महिना जुनमा ७२ हजारभन्दा बढी पर्यटक हवाईमार्गहुँदै नेपाल भित्रिएका छन्।
नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार जुनमा मात्र हवाईमार्गहुँदै ७२ हजार २५० पर्यटक नेपाल भित्रिएका हुन्। जसमा भारतबाट ३८ हजार ८४५, अमेरिकाबाट ८ हजार ४७० र चीनबाट ४ हजार ३४३ पर्यटक बोर्डले जनाएको छ।
यसैगरी जुनमा बंगलादेशबाट २ हजार ४०२, बेलायतबाट १ हजार ९९२, अस्ट्रेलियाबाट १ हजार ६३९, मलेसियाबाट १ हजार ७९, दक्षिण कोरियाबाट ८८८, जापानबाट ७३४ र भुटानबाट ७०२ पर्यटकले नेपाल भ्रमण गरेका छन्।
पर्यटन बोर्डका अनुसार नेपालमा विदेशी पर्यटनको आवगमन लगभग ४ वर्षयताकै अवस्थामा पुगेको छ। अर्थात् सन् २०१९ को जुनमा ७८ हजार ३२९ पर्यटक नेपाल भित्रिएका थिए। सन् २०१९ को तुलनामा २०२३ जुनमा पर्यटक आवागमन संख्या ६ हजार ७९ ले मात्र कम छ।
सन् २०२२ को यही महिनामा नेपाल भ्रमण गर्न आउने पर्यटकको संख्या ४६ हजार ९५७ थियो भने सन् २०२१ मा १ हजार १८७ पर्यटक आएका थिए।
कोभिड संक्रमणको प्रभाव घट्दै जानु र अन्तर्राष्ट्रिय हवाई यात्रा सहज हुँदै गएकोले पनि नेपालमा पर्यटन आवागमन बढ्न थालेको पर्यटन बोर्डको ठम्याइ छ।
त्यसो सन् २०२३ को ६ महिनामा ४ लाख ७६ हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन्। बोर्डका अनुसार यो सन् २०१९ को तुलनामा ८३ प्रतिशत ‘रिकभर’ हो। सन् २०२० को सुरुआतदेखि कोरोना महामारी सुरु भएपछि घट्दो क्रममा रहेको विदेशी पर्यटक आगमन सन् २०२३ मा भने ‘रिकभर’ हुने अवस्थामा पुगेको छ।
बोर्डका अनुसार सन् २०१९ को जनवरीदेखि जुनसम्म कुल ५ लाख ३६ हजार ५८ विदेशी पर्यटक नेपाल भित्रिएका थिए। साथै सोही अवधिमा कोरोना महामारी सुरु भएको वर्ष सन् २०२० मा २ लाख २० हजार ८१५, सन् २०२१ मा ५८ हजार ५८ र सन् २०२२ मा २ लाख ४० हजार ९०१ जना विदेशी पर्यटक नेपाल आएका थिए।
11 hours ago
17 hours ago
17 hours ago
18 hours ago
18 hours ago
19 hours ago
19 hours ago
20 hours ago
21 hours ago
21 hours ago