काठमाण्डौ । नेपालको सबैभन्दा नजिकको छिमेकी भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढेको छ । 

बिहीबार कोभिड १९ संक्रमितमध्ये थप ४ जनाको मृत्यु भएको छ । 

योसहित भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ । 

एक्काईस दिन लामो पूर्ण लकडाउनबाट गुज्रिरहेको भारतमा बिहीबार मात्रै ६२ नयाँ संक्रमित भेटिएका छन् । योसहित भारतमा भेटिएका कोरोना संक्रमितको संख्या ७१९ पुगेको छ । 

नेपालको उत्तरतर्फको छिमेकी चीनमा समेत बिहीबार ६ कोरोना संक्रमितको मृत्यु भएको छ । यो दिन यहाँ ६७ नयाँ संक्रमित फेला परेका छन् ।