काठमाण्डौ । कारोना भाइरस रोकथामका लागि आवश्यक स्वास्थ्य उपकरण तथा औषधि लिएर गएको नेपाल एयरलाइन्सको विमान नेपालञ्जमा दुर्घटनामा परेको छ । 

नेपालगञ्जको राँझा विमानस्थलमा नेपाल एयरलाइन्सको विमान दुर्घटना भएको स्थानीय प्रशासनले जनाएको छ । 

प्रहरीका अनुसार बिहान ११ः३३ मिनेटमा विमानस्थलमा अवतरणको क्रममा विमान रनवेबाट चिप्लिएर नजिकैको खालि चउरमा पुगेको हो । विमान चिप्लिएर नजिकैको खालि चउरमा पुगे पनि अन्य हताहती र ठूलो क्षति भने भएन । 

बिमानमा रहेका सबै ५ जना सकुशल रहेका छन् । 

राँझा विमानस्थलका अनुसार नेपाल एयरलाइन्सको अल्फा एकेभी वाई टु कलसाईन भएको विमान दुर्घटनामा परेको हो ।