काठमाण्डौ । विश्वमा अहिले जति पनि कोरोनाभाइरसका संक्रमित देखिएका छन् ती मध्ये अधिकांश वृद्धवृद्धा र पाको उमेरका व्यक्तिहरु छन् । यसबाट के प्रष्ट हुुन्छ भने कोरोनाले विशेष गरेर प्रतिरक्षा प्रणाली कमजोर भएका व्यक्तिलाई बढी प्रभाव पारिरहेको छ । त्यसैले कोरोनाबाट वृद्धवृद्धालाई बचाउन विशेष ध्यान पुुर्याउनुु पर्ने हुुन्छ । वृद्धवृद्धालाई कोरोनाको संक्रमणबाट जोगाउन विज्ञहरुले केही उपायहरु अपाउन सुुझाव दिएका छन्ः 

दैनिक व्यायाम
वृद्ध अवस्थामा मानिसको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुँुदै जान्छ । त्यसैले यस्तो अवस्थामा विभिन्न रोग र कोरोनाभाइरसले छिट्टै आक्रमण गर्ने सम्भावना धेरै हुन्छ । वृद्धवृद्धाको प्रतिरोधात्मक क्षमता बढाउन उनीहरुलाई दैनिक व्यायाम गराउनुु पर्दछ । व्यायामले शरीरलाई स्फूर्ति प्रदान गर्नुुका साथै मुुटुुको चाललाई पनि गति दिने काम गर्दछ । 

नियमित अन्तरालमा साबुुनपानीले हातमुुख धुुने 
कोरोनाभाइरस हातको माध्यमबाट मुुखमा पुुगेर संक्रमित गर्न सक्छ । त्यसैले वृद्धवृद्धाले नियमित अन्तरालमा हात धोइरहनुुपर्दछ । बाहिरबाट आएका मानिसहरुसँग उनीहरुलाई भेटघाट गर्न दिनुुहुँदैन । यदि भेट्नुु आवश्यक नै छ भनेपनि एक मिटरको दुुरी कायम गरेर मात्रै भेट्न दिनुुपर्दछ । 

पोषणयुुक्त खानेकुुरामा विशेष ध्यान
पोषणयुुक्त खानेकुुराले शरीरलाई रोगसँग लड्न चाहिने तत्व प्रदान गर्ने भएकाले वृद्धवृद्धालाई नियमित रुपमा पोषणयुुक्त खानेकुुरा दिइरहनुु पर्दछ । यसका साथै तातो खानेकुुरा, प्रशस्त झोलयुक्त खानेकुुरा वा पानी, ताजा फलफुलको जुुस पिउन दिनुुपर्दछ । उनीहरुले पहिलेदेखि सेवन गर्दै आइरहेका औषधि छुुटाउनुु हुँदैनर मोतियाविन्दुु, र घूँडाको शल्यक्रिया जस्ता उपचारहरु तत्कालका लागि रद्ध गर्नुुपर्छ । 

अस्पताल जानुुको साटो अनलाइन परामर्श 
यदि वृद्धवृद्धालाई रुघाज्वरो आएको छ र स्वास लिन कठिनाई भइरहेको छ भने नजिकै रहेको चिकित्सा सेवा लिनुुपर्दछ । उनीहरुलाई खोक्दा वा हाँच्छुयुु गर्दा सफा रुमाल या त कुुहिनाले मुुख छोप्न लगाउनुु पर्दछ । रुघा ज्वरो र खोकी लागेका व्यक्तिको सम्पर्कमा आउन दिनुुहुुँदैन । नियमित स्वास्थ्य जाँचका लागि अस्पताल जानुुभन्दा घरबाटै चिकित्सकको परामर्श लिनुुपर्दछ र आफूखुुसी औषधि खानबाट रोक्नुुपर्दछ । 

भिडभाड भएको ठाउँमा जान रोक 
मानिसको भिडभाड हुुने ठाउँबाट कोरोना संक्रमण सर्न सक्ने जोखिम उच्च भएकाले त्यस्ता ठाउँमा जानबाट बच्नुु पर्दछ । भिडभाड हुुने जस्तै धार्मिक स्थल, पार्क र बजार जस्ता ठाउँमा जानबाट बच्नुु पर्दछ ।