काठमाण्डौ । नेपालमा भेटिएको छैठौ कोरोना भाइरस संक्रमित बागलुङकी ६५ वर्षीया वृद्धा रहेकी खुलेको छ । 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार देशको छैठौ संक्रमित ६५ वर्षीया वृद्धा महिला रहेकी जानकारी दिएका हुन् । 

उनको नमूना परीक्षण गर्दा बिहीबार पोजिटिभ रिपोर्ट आएको थियो । उनी घरमै रहेकी र थप उपचारका लागि काठमाण्डौ ल्याउने प्रयास भइरहेको डा. देवकोटाले जानकारी दिए । 

ती वृद्धा महिला पनि फ्रान्सबाट कतार हुँदै आएकी १९ वर्षीया युवती संक्रमित युवती चढेको प्लेनमै नेपाल आएकी थिइन् । कतार एयरवेजको क्युआर ६५२ फ्लाइटबाटै ती महिला पनि नेपाल आएकी थिइन् । यीसहित सो फ्लाइटमा चढेका ३ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । यसअघि अर्की एक युवतीमा समेत कोरोना संक्रमण पुष्टि भएको थियो ।