काठमाण्डौ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोगको संक्रमणर्ला फैलिन नदिने उद्देश्यले रोकथाम र नियन्त्रणमा लागेको सरकारले स्थापना गरेको सहयोग कोषमा नेपालका २२ व्टा वाणिज्य बैंकहरुले २५ करोड ४० लाख रुपैयाँ सहयोग गरेका देखिएको छ । 

बाँकी ५ वटा वाणिज्य बैंकले पनि सहयोग घोषणा गर्ने तयारी गरिरहेका नेपाल बैंकर्स संघले जनाएको छ । 

हालसम्मको डेटामा नवील बैंक, एनआइसी एशिया बैंक, सनराइज बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकले मात्रै सहयोगको घोषणा गरेका छैनन् ।

कोरोना रोकथाम र नियन्त्रणका लागि संघीय सरकार र प्रादेशिक सरकारबाट स्थापित सहयोग कोषमा कुन बैंकले कति सहयोग गरे ?

हेरौं यो सूचि :