काठमाण्डौ । कोरोना महामारी रोकथाम तथा नियन्त्रणको सरकारी अभियानलाई नेपाल एसबीआई बैंकले पनि साथ दिएको छ । 

यो अभियानमा साथ दिंदै बैंकले रु. १ करोड सहयोग गर्ने निर्णय गरेको हो । 

कुल रकममध्ये रु. ५० लाख संघीय सरकारले स्थापना गरेको कोरोना कोषमा जम्मा गरिने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

प्रत्येक प्रदेश सरकारले स्थापना गरेको प्रादेशिक कोरोना रोकथाम कोषमा रु. ५ लाखको दरले ३५ लाख रुपैयाँ र बाँकी रहेको १५ लाख रुपैयाँ बैंक आफैंले कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि देशका विभिन्न स्थानमा खर्च गर्नेछ ।