काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमीटेडले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले स्थापना गरेको सहयोग कोषलाई एक करोड रुपैयाँ सहयोग उपलब्ध गराएको छ । 

बैंकले एक विज्ञप्ति जारी गर्दै यो विषयमा जानकारी गराएको हो । 

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्तरगत कोरोना कोषमा यो सहयोग उपलब्ध गराइएको प्रष्ट पारेको छ । 

बैंकले देशका सबै क्षेत्र र तप्काका नागरिकहरुलाई देश संकटमा परेको बेला आ आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्न समेत आह्वान गरेको छ । 

हाल यो बैंकको देशभर ८२ शाखा छन् । यस्तै, १२४ वटा एटीएम, १७ एक्सटेन्सन काउण्टर, १० राजश्व संकलन काउण्टर तथा ५६ वटा शाखारहित बैंकिंग इकाईको सञ्जल समेत रहेको छ।