काठमाण्डौ । नेपाल क्यान्सर सपोर्ट ग्रुप र नेपाल क्यान्सर हस्पिटल एण्ड रिर्सच सेन्टर प्रालिद्वारा आयेजित क्यान्सर सम्बन्धी कार्यक्रममा सेञ्चुरी कमर्सियल बैंकले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रु. ५०,००० आर्थिक सहयोग गरेको छ । 

सो कार्यक्रमले क्यान्सरलाई जितेका व्यक्तिहरुलाई प्रेरणा दिएको र हरेक किसिमको क्यान्सर रोगको उपचार स्वदेशमै गर्न सकिन्छ भन्ने सन्देश प्रवाहमा सहयोग पुग्ने बैंकको विश्वास छ ।

कार्यक्रमका प्रमुख अतिथि मदनकृष्ण श्रेष्ठ र हरिवंश आर्चायलाई बैंकका प्रमुख बजार अधिकृत रञ्जन खड्काले नेपाल क्यान्सर सपोर्ट गु्रपको नाममा बनेको चेक हस्तान्तरण गरेका थिए ।