काठमाण्डौ । क्यासवे मनी ट्रान्स्फरप्रा.लि.ले नेशनल पेमेन्ट्स इन्टरफेसको प्रयोग गरी रेमिटेन्स कारोबारहरु सिधै लाभग्राहीहरुको बैंक खातामा जम्मा हुने गरी सुविधा दिन अप्रत्यक्ष सदस्यको रुपमा नेपाल क्लियरिङ्ग हाउसमा आबद्ध भएको छ ।

यो व्यवस्थासँगै क्यासवे मनी ट्रान्स्फरका कम मुल्यका रेमिटेन्स भुक्तानी कारोबारहरु कनेक्ट आइपीएस र इपेमेन्ट प्रणाली मार्पmत रियल टाइममा रअन्य रेमिटेन्स भुक्तानी अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली एनसीएचएल आइपीएस मार्पmत तोकिएको समय सीमामा मध्ये गर्न सक्नेछन् । हाल क्यासवे मनी ट्रान्स्फरले रेमिटेन्सको भुक्तानी मेगा बैंक लिमिटेड मार्पmत गर्नेछ । यस साझेदारीले बैंक खातामा आधारित रेमिटेन्सको लागि क्यासवे मनी ट्रान्स्फरको सेवा प्रवाहमा निकै सुधार ल्याउने अपेक्षा गरिएको छ ।

नेशनल पेमेन्ट्स इन्टरफेस नेपाल क्लियरिङ्ग हाउसका विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा विकास गरी सञ्चालनमा रहेको छ । यसमा हाल ८ भन्दा बढी रेमिटेन्स कम्पनीहरु समावेश छन् भने अन्य ४१ गैर—बैंकिङ्ग संस्थाहरु इन्डाइरेक्ट÷प्राविधिक सदस्यका रुपमा आबद्ध छन् । पिएसपी÷ पिएसओ, इन्स्योरेन्स कम्पनीहरु, रेमिटेन्स, मर्चेन्ट बैंक, सरकारी तथाअर्ध–सरकारी संस्थाहरु लगायतकायी सदस्यहरुले आफ्नो बैंक खातामार्फत् एनपीआइको सेवा प्रयोग गर्ने गरेका छन् ।  

क्यासवे मनी ट्रान्स्फर नेपाल भरी भरपर्दो रेमिटेन्स नेटवर्क मार्फत् रेमिटेन्स सुविधा दिँदै आएको मनी ट्रान्स्फर कम्पनी हो ।  नेपालका बैंकिङ्ग तथा रेमिटेन्स क्षेत्रका विज्ञहरुद्वारा स्थापना गरिएको यस मनी ट्रान्स्फरले विदेशमा रहेका नेपालीहरुलार्इ सस्तो र भरपर्दो रुपमा नेपालमा पैसा पठाउने सेवा प्रदान गर्दै आएको छ ।