काठमाण्डौ । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दिप लामिछानेले सरकारले कोरोना नियन्त्रणका लागि स्थापना  गरेको राहत कोषका लागि एक लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेका छन् । 

यसको जानकारी उनले आफ्नो आधिकारिक फेसबुुक अकाउन्टबाट दिएका हुन् । 

संकटको घडीमा आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न उनले सबैलाई आह्वान समेत गरेका छन् । 

कोरोनाबाट बच्न सामाजिक दुुरी बनाइराख्न र आवश्यक परेका मानिसलाई सहयोग र हेरचाह गर्न समेत उनले फेसबुुकमार्फत अपील गरेका छन् । 

देश र समाजप्रतिको जिम्मेवारी र दयाभावले मानवता बचाउन सकिने उनले बताएका छन् । यसका साथै उनले सबैलाई सुुरक्षित रहन समेत आग्रह गरेका छन् ।