काठमाण्डौ । क्रिप्टोकरेन्सीको किङ्ग भनेर चिनिने बिटक्वाइनको मूल्य फेरि आकासिएको छ। 

आज बुधबारसम्म बिक्वाइनको मूल्य हालसम्मकै उच्च ६२ हजार ७०० अमेरिकी डलर भएको छ। लगानीकर्ताहरु यो डिजिटल करेन्सीको लिस्टङका लागि प्रतीक्षामा रहेको बेला यसको मूल्य आकासिएको हो। 

यो करेन्सी छिटै क्रिप्टोकरेन्सी एक्सचेन्जमा क्वाइनबेस आधारमा लिस्टङ हुँदैछ। यो क्वाइनको मूल्य गएको एक वर्षमै डबलभन्दा बढीले बढेको छ। 

क्रिप्टोको मार्केट भ्यालु हाल २.१ ट्रिलयन डलर भएको छ। जुन एप्पल कम्पनीको भ्यालुभन्दा बढी हो। हिजो मंगलबार पनि यसको मूल्य ४.७ प्रतिशतभन्दा बढीले बढेको थियो। 

यसरी बिटक्वाइनको मूल्य आकासिनुमा एलन मास्कको कम्पनी टेस्लाले पनि लगानी गर्ने निर्णय पनि प्रमुख कारण हो। 

त्यसैगरी त्यहाँस्थित माइक्रो स्ट्राटेजी कम्पनीले पनि आफ्ना कर्मचारीलाई तलब बिटक्वाइनमार्फत दिने निर्णयले पनि यसको मूल्य आकासिएको हो। केही विश्लेषकहरुले यसको मूल्य अझै तीनगुणासम्म बढ्ने प्रक्षेपण गरेका छन्। यसको मुख्य कारण यो करेन्सीलाई लगानीकर्ताले डिजिटल गोल्डका रुपमा लिँदा भ्यालुसँगै मूल्य पनि बढेको हो। – एजेन्सी