काठमाण्डौ । यदि तपाइँलाई कसैले क्रेडिट कार्ड सित्तैमा पाइन्छ र त्यसमा कुनै पनि शुल्क लाग्दैन भनिरहेको छ भने उसले तपाइँलाई गलत जानकारी दिइरहेको छ । क्रेडिट कार्ड(फ्री क्रेडिट कार्ड)मा पाइने तमाम छुट तथा रिवार्ड प्वाइन्टहरुका बारेमा जानकारी दिने धेरै भेटिन्छन्, तर धेरै फाइदावाला क्रेडिट कार्ड नोक्सानको कारण बन्न सक्छ भनेर कसैले पनि भन्ने गर्दैन । यदि तपाइँहरुलाई क्रेडिट कार्डमा लाग्ने शुल्कहरुका बारेमा जानकारी छैन भने सामानहरु सस्तोमा उपलब्ध गराउने क्रेडिट कार्ड तपाइँका लागि महङ्गो पर्न सक्छ । केही शुल्कहरु त तपाइँ हाम्रो लापरवाहीले नै लाग्ने गर्छ । केही शुल्कहरुका बारेमा त बैंक तथा एजेन्टहरुले उल्लेख नै गर्दैनन् । यहाँ हामी तपाइँलाई क्रेडिट कार्डमा लाग्ने केही यस्तै शुल्कहरुका बारेमा बताउँदैछौँ:

१. धेरैजसो बैंकहरुले लिने गर्छन् वार्षिक शुल्क 
यो एउटा यस्तो शुल्क हो, जुन विभिन्न बैंकहरुले भिन्न–भिन्न रुपमा लिने गर्दछन् । धेरैजसो यस्ता बैंकहरु पनि हुन्छन्, जसले यस्तो शुल्क लिदैनन् । र यस्ता बैंकहरु पनि हुन्छन् जसले यो शुल्क त लिन्छन् तर तोकिएको सीमाभन्दा अधिकका लागि क्रेडिट कार्डको प्रयोग गर्यो भने यो शुल्क फिर्ता गर्ने गर्दछन् । त्यसैले यदि तपाइँ पनि क्रेडिट कार्ड लिँदै हुनुहुन्छ भने सव्र्रप्रथम बैंकले यसमा वार्षिक शुल्क लिन्छ कि लिँदैन भनेर जानकारी लिनु पर्दछ । यदि वार्षिक शुल्क लिन्छ भने पनि तोकिएको सीमाभन्दा अधिकका लागि क्रेडिट कार्डको प्रयोग गरेपछि शुल्क फिर्ता हुन्छ कि हँुदैन बुझ्नुपर्छ । 

२. क्रेडिट कार्ड बक्यौतामा ब्याज
उसो त यो शुल्क सबैजसो बैंकहरुले लिने गर्दछन् । तर बैंकहरुले यो शुल्क ती कार्ड होल्डरहरुलाई मात्रै लगाउने गर्दछन्, जसले समयमै क्रेडिट कार्डको बिल भुक्तानी गर्ने गर्दैनन् । अर्थात यदि बक्यौता मिति(ड्यु डेट)सम्म भुक्तानी गरियो भने कुनै शुल्क लाग्दैन । तर यदि यसो भएन भने क्रेडिट कार्ड कम्पनीको तर्फबाट तपाइँलाई भारी ब्याज लाग्नसक्छ । स्मरण रहोस् कि न्यूनतम बक्यौता भुक्तानीले समेत तपाइँलाई भारी ब्याजबाट बचाउन सक्दैन । त्यसैले बक्यौता मितिभित्र क्रेडिट कार्डको बिल भुक्तानी गरिसक्नुपर्छ । 

३. नगद निकाल्दा तिर्नुपछ भारी शुल्क 
क्रेडिट कार्ड प्रयोग गर्नुअघि यो सम्झन आवश्यक हुन्छ कि क्रेडिट कार्डबाट गरिएको प्रत्येक खर्च एक प्रकारको ऋण हो । यस्तोमा यदि तपाइँले क्रेडिट कार्डबाट नगद निकाल्नुहुन्छ भने नगद निकालेको दिनदेखि नै शुल्क लाग्ने गर्दछ । अर्थात यदि तपाइँ क्रेडिट कार्डबाट सपिङ गर्नुहुन्छ भने तपाइँले बक्यौता भुक्तानी(ड्यु डेट)मितिसम्म बिना कुनै ब्याजमा पैसा तिर्नुपर्ने हुन्छ । तर यदि नगद निकाल्नुहुन्छ भने त्यसमा नगद निकालेको दिनदेखि पैसा तिरेको दिनसम्मको ब्याज तिुर्नुपर्ने हुन्छ । त्यसैले जबसम्म नगद हासिल गर्ने सबै विकल्पहरु बन्द हुँदैनन, तबसम्म क्रेडिट कार्डबाट नगद निकाल्नु हुँदैन । नत्र ठूलो नोक्सानको सामना गर्नुपर्ने हुनसक्छ । 

४. ओभरसीज ट्रान्जेक्सन चार्ज
क्रेडिट कार्ड प्रदान गर्दाखेरी धेरैजसो बैंकहरुले आफ्नो फिचर्समा आफ्नो क्रेडिट कार्ड विदेशमा पनि प्रयोग गर्न सकिने बताउँछन् । तर तपाइँले यो बुुझ्न आवश्यक हुन्छ कि क्रेडिट कार्ड विदेशमा प्रयोग गर्दा ठूलो शुल्क तिर्नुपर्ने हुन्छ । जसको बारेमा बैंकले केही पनि बताउने गर्दैनन् । त्यसैले तपाइँ पनि विदेश गएर सपीङ गर्नका लागि क्रेडिट कार्ड लिने सोच्दै हुनुहुन्छ भने विदेशमा कार्ड प्रयोग गर्दा कति शुल्क लाग्छ भनेर आफ्नो बैंकसँग बुुझ्नुपर्छ ।