काठमाण्डौ । समयसापेक्ष ग्राहकको चाहनाअनुसार नवीनतम प्रविधिमार्फत सेवाहरु प्रवाह गर्दै आएको कामना सेवा विकास बैंकले सर्वसुलभ तथा अत्याधुनिक बैकिङ सेवा पुर्याउने उद्देश्यका साथ क्रेडिट कार्ड सेवासमेत शुभारम्भ गरेको छ।
बैंकले आज चैत २१ गतेबाट औपचारिक रुपमा क्रेडिट कार्ड सेवा सुचारु गरी क्रेडिट कार्ड जारी गर्ने नेपालकै पहिलो विकास बैंक हुन सफल भएकोे हो। बैंकका अध्यक्ष सुदीप आचार्य र सञ्चालक विश्वेश्वर सुवेदीले संयुक्त रुपमा क्रेडिट कार्ड सेवाको उद्घाटन गरी सेवा शुभारम्भ गरेका थिए।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतलगायत बैंकका अन्य कर्मचारीहरु तथा सञ्चारकर्मीको उपस्थिति थियो।
विकास बंैकहरुका माझ नयाँ खालको प्रोडक्टहरु ल्याई ग्राहकको चाहना र आवश्यकता पूरा गर्दै अगाडि बढेको हुँदा नै कामना सेवा उत्कृष्ट मध्य एक विकास बैंक बनेको अध्यक्ष आचार्यले बताए।
पोइन्ट अफ सेलमार्फत क्रेडिट कार्ड कारोबार गर्दा कारोबार सुरक्षित रहने, भिजा कार्ड स्वीकार्ने एटिएमबाट नगद झिक्न सकिने, भुक्तानी गर्दा न्यूनतम नेपाली रुपैयाँ १ हजार अथवा जम्मा डेबिट रकमको १० प्रतिशतसम्म झिक्न सकिने, कार्डबाट वस्तु वा सेवा खरिद कारोबार गर्दा न्यूनतम् १५ देखि ४५ दिनसम्म ब्याज नलाग्ने, क्रेडिट कार्ड सीमा नेपाली रुपैयाँ १५ हजारदेखि ५ लाखसम्म पाउने र नेपाललगायत भारतमा समेत सजिलै प्रयोग गर्न सकिनेजस्ता विशेषता कामना सेवा विकास बैंकको क्रेडिट कार्डमा उपलब्ध छ।
29 minutes ago
47 minutes ago
58 minutes ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
4 hours ago
14 hours ago