काठमाण्डौ । कोभिड १९ लकडाउनको कारण सेवा बन्द रहेको नगरकोटको उत्कृष्ट होटल क्लब हिमालय नगरकोट उच्च स्वास्थ्य सुरक्षाका साथ पुनः सञ्चालनमा आएको छ ।

पाहुनाहरुको स्वास्थ्यलाई प्रमुख प्राथमिकतामा राख्दै विश्व स्वास्थ्य संगठन र नेपाल पर्यटन बोर्डको स्वास्थ्य सम्बन्धी निर्देशिकालाई उच्च पालना गर्दै सीमित पाहुनालाई मात्र सेवा दिने र ७२ घण्टै रुम क्लिन साइकलको नियम पालना गर्दै पाहुनालाई बिहान छिटो चेकइन र दिउँसो ढिलो चेकआउट गर्न पाउने सुविधा लागू गरेको जनाएको छ । 

पुनः सञ्चालनमा आएको अवसरमा आउँदै गरेको चाडपर्वलाई लक्षित गरी होटलले फेस्टिभ विशेष अफर समेत ल्याएको छ । अन्य समयमा नेपाली रुपैयाँ नेट ११ हजार पर्ने मूल्यको यस अफरमा एक जोडीलाई प्रति रुम ६ हजारमा बेड एण्ड ब्रेक फास्ट समावेश गरिएको छ जसमा डिलक्स रुमको सुविधा, बेभरेजमा १० प्रतिशत छुट, दोस्रो पटकको बुकिङ्गमा १० प्रतिशतको डिस्काउन्ट भौचरका साथै २ गिलास वाइन लगायत थुप्रै अन्य सुविधाहरु समेत लिन सकिने छ । यस योजनामा शर्तहरु भने लागू हुने बताइएको छ । नगरकोटको उत्कृष्ट स्थानमा अवस्थित यस होटलबाट विश्व कै उत्कृष्ट मौसमी वातावरणमा मनोरम हिमाली श्रृङखलाको अवलोकनको आनन्द लिन सकिने छ । 

२०१९ मा ट्रिप एडभाइजरको १० उत्कृष्ट होटलमा पर्न सफल विश्व कैं उत्कृष्ट मध्येको ४० वर्षको इतिहास भएको क्लब हिमालय एस होटेल्सको एउटा अंगको रुपमा पर्दछ ।