काठमाण्डौ । भारतका धनाढ्य मुुकेश अम्बानीको स्वामित्व रहेको टेलिकम कम्पनी जियो प्लेटफर्ममा अमेरिकाको चिप निर्माता कम्पनी क्वालकमले लगानी गर्ने भएको छ।

यी दुुवै कम्पनीले आइतबार जियोमा क्वालकमले ९७ मिलियन डलर लगानी गर्ने घोषणा गरेका छन्। त्यस्तै जियोमा क्वालकमको ०.१५ प्रतिशत स्वामित्व पनि रहने जनाइएको छ। 

जियो मुुकेश अम्बानीको मुुख्य कम्पनी रिलायन्स इन्डस्ट्रिजको एउटा हिस्सा हो। जियो भारतको सबैभन्दा ठूलो मोबाइल नेटवर्क भएको कम्पनी हो। यसको ३८८ मिलियन सब्सक्राइबर रहेका छन्। 

जियोसँग एपहरुको इको सिस्टम रहेको छ। जसका माध्यमबाट ग्राहकलाई अनलाइन ग्रोसरी सपिङदेखि लिएर डिजिटल भुुक्तानी तथा भिडियो स्ट्रिमिङसम्मको सेवा प्रदान गर्ने गरिन्छ। 

जियोमा क्वालकमको लगानीबारे जानकारी दिँदै मुुकेश अम्बानीले अमेरिकी कम्पनी क्वालकमलाई लगानीकर्ताका रूपमा स्वागत गर्न पाउँदा हर्षित भएको र कम्पनीले भारतमा फाइभ–जी प्रविधिक भित्र्याउनका साथै भारतका नागरिक र व्यवसाय दुुवैको डिजिटल रुपान्तरणमा सहयोग पुुर्याउने बताएका छन्। 

त्यस्तै क्वालकम कम्पनीका सीईओ स्टिभ मोलेनकोफले भारतको डिजिटल अर्थतन्त्रमा क्रान्तिकारी परिवर्तन ल्याउने जियोको भिजनलाई प्रभावकारी भूमिकाका साथ सहयोग गर्न आफ्नो कम्पनी इच्छुुक रहेको बताएका छन्। 

यसअघि कम्पनीले फेसबुुक, केकेआर, सिल्भर लेक, भिस्टा र मुुबाडालाबाट लगानी भित्र्याइसकेको छ। त्यस्तै कम्पनीले अमेरिकाको अर्काे चिप निर्माता कम्पनी इन्टेलबाट १८.९ मिलियन डलरबराबरको लगानीको प्रतिबद्धता हासिल गरेको छ।

गत अप्रिल महिनादेखि जियोले करिब १५.६ बिलियन डलर उठाइसकेको छ। 

विश्लेषकका अनुुसार अम्बानीको मुुख्य उद्देश्य भनेको गुुगल, टेनसेन्ट, अमेजनजस्तै अर्काे विश्वस्तरको टेक्नोलोजी कम्पनी निर्माण गर्नुु हो। विगत केही महिनादेखि उठाइएका खर्बौं डलर, विश्वस्तरको कम्पनी निर्माण गर्ने अम्बानीको महत्वाकांक्षालाई बल पुुर्याउन र माउ कम्पनीसँगको कर्जा कम गर्न प्रयोग गरिनेछ। 

यतिबेला रिलायन्स व्यवसायको प्रमुुख अंगका रुपमा रहेको तेल र ऊर्जा उद्योग कोरोना महामारीका कारण नराम्ररी प्रभावित बनेको छ। – एजेन्सी