काठमाण्डौ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म संस्थाले ४ करोड ३६ लाख रुपैयाँ खु्द नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा ९३.५५ प्रतिशतले कम हो। गत वर्ष यही अवधिसम्म संस्थाले ६७ करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
संस्थाको खराब कर्जा अनुपात (एनपीएल) बढेर इम्पेयरमेन्ट चार्ज बढ्दा नाफामा संकुचन आएको देखिन्छ।
समीक्षा अवधिसम्म संस्थाको एनपीएल बढेर ५.८८ प्रतिशत पुगेको छ। गत वर्ष यही अवधिसम्म एनपीएल १.८६ प्रतिशत थियो।
खराब कर्जा बढ्दा संस्थाको इम्पेयरमेन्ट चार्ज बढेर ४८ करोड ५५ लाख रुपैयाँ पुगेको छ। गत वर्ष यही अवधिसम्म यस्ता चार्ज ६ करोड ५३ लाख रुपैयाँले ऋणात्मक थियो।
यो अवधिसम्म संस्थाको सञ्चालन मुनाफा ९३.५० प्रतिशतले घटेर ६ करोड २७ लाख रुपैयाँमा सीमित भएको छ। गत वर्ष यही अवधिसम्म संस्थाको सञ्चालन मुनाफा ९६ करोड ५२ लाख रुपैयाँ रहेको थियो।
समीक्षा अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी पनि ३२.०३ प्रतिशतले घटेर ७३ करोड २६ लाख रुपैयाँमा सीमित बनेको छ। गत वर्ष यही अवधिसम्म यस्तो आम्दानी १ अर्ब ७ करोड रुपैयाँ थियो।
चुक्तापुँजी १ अर्ब ५ करोड रुपैयाँ रहेको संस्थाले तेस्रो त्रैमाससम्म ८ अर्ब ४५ करोड रुपैयाँ निक्षेप संकलन गरी १९ अर्ब ५४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। गत वर्षको यही अवधिसम्म संस्थाले ७ अर्ब ६८ करोड रुपैयाँ निक्षेप संकलन गरी २० अर्ब २१ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।
यो अवधिसम्म संस्थाको रिजर्भको आकार पनि ४२.५८ प्रतिशतले घटेर ९९ करोड ५१ लाख रुपैयाँमा खुम्चिएको छ। गत वर्ष यही अवधिसम्म संस्थाको रिजर्भमा १ अर्ब ७३ करोड रुपैयाँ रहेको थियो।
संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) घटेर ५.५१ रुपैयाँ कायम भएको छ। गत वर्ष यही अवधिमा संस्थाको ईपीएस १०६.८१ रुपैयाँ थियो। पीई रेसियो २३३.२१ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ २५८.५८ रुपैयाँ रहेको छ।
6 hours ago
6 hours ago
6 hours ago
7 hours ago
7 hours ago
8 hours ago
8 hours ago
8 hours ago
8 hours ago
9 hours ago