काठमाण्डौ । खराब मौसमका त्रिभुवन विमानस्थलबाट हुने आन्तरिक उडानहरु आज प्रभावित हुन पुगेका छन्। 

खराब मौसमका कारण त्रिभुवन विमानस्थलबाट जनकपुर, सिमरा, भैरहवा, भरतपुर, विराटनगरलगायत क्षेत्रमा हुनुपर्ने उडानहरु केही घन्टाका लागि पर सारिएको छ। ती क्षेत्रमा खराब मौसमका बिहान ७ः३० बजेदेखि हुनुपर्ने उडाहरु १० बजेका लागि सारिएका छन्। पोखरालगायतका स्थानमा भने उडान भइरहेका छन्। 

आन्तरिक उडान हुन नसकेपछि सयौँ यात्रुहरु त्रिभुवन विमानस्थलमै गन्तव्यमा जानका लागि पर्खेर बसिरहेका छन्। ती क्षेत्रमा मौसम खुलेसँगै उडानहरु हुने विमानस्थल स्रोतले बताएको छ।