काठमाण्डौ । पाकिस्तानले हाल अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँग ऋणका लागि गुहार गरिरहेको छ। तर, पाकिस्तानका एक सांसदले भने, ‘यदि देशले आफ्नो प्राकृतिक स्रोतहरु सही रुपमा प्रयोग गर्यो भने आईएमएफको भीखबाट मुक्त हुनेछ।’

पाकिस्तानी सांसदले पाकिस्तानले २३ पटक आईएमएफबाट ऋण लिएको बताए। चीनको परियोजना चीन–पाकिस्तान इकोनोमिक करिडोर (सीपीईसी) को प्रशंसा गर्दै सांसदले भने, ‘यदि पाकिस्तानले आफ्नो प्राकृतिक स्रोतहरु प्रयोग गर्न थाल्यो भने खर्बौंरुपैयाँमा फाइदा हुन्छ र आईएमएफमा पुग्न आवश्यक पर्दैन।’

पाकिस्तानको सिन्ध प्रान्तमा चीनको परियोजना चीन–पाकिस्तान इकोनोमिक करिडोरका कामदारहरुलाई सम्बोधन गर्दै सांसद मुसाहिद हुसेन सैयदले भने, ‘यदि हामीले १ खर्ब डलरबराबरका हाम्रा प्राकृतिक स्रोतहरु खनिज, प्राकृतिक ग्यास र समुद्री स्रोतहरु प्रयोग गर्यौं भने हामीले आईएमएफको अगाडि हात फैलाउनुपर्दैन र गुणस्तरमा कुनै असर पर्दैन।’

सैयदले पाकिस्तानले आफ्नो स्रोतसाधनको सही उपयोग गर्न थाल्नुपर्ने बताए। उनले भने, ‘थारमा मात्र १७५ अर्ब टन कोइलाको भण्डार छ, जुन इरान र साउदी अरबको संयुक्त तेल भण्डारभन्दा बढी हो। सीपीईसीलाई धन्यवाद जसले अहिले पाकिस्तानको कालो सुन निकालेर राष्ट्रिय अर्थतन्त्रमा योगदान गरिरहेको छ। खैबर पख्तुनख्वामा प्राकृतिक ग्यासको ठूलो भण्डार छ। राष्ट्रिय सार्वभौमसत्ता र जनताको स्वाभिमानमा आँच पुर्याउने नीतिको सट्टा अब देशको आर्थिक प्राथमिकतामा परिवर्तन गर्नुपर्ने आवश्यकता छ।’

पाकिस्तानी अखबारको रिपोर्ट अनुसार पाकिस्तानको सिनेट रक्षा समिति र पाकिस्तान–चीन इन्स्टिच्युट (पीसीआई) का अध्यक्ष सांसद मुसाहिद हुसैनको नेतृत्वमा पाकिस्तानी सांसदहरुको टोलीले पाकिस्तानमा सीपीईसीअन्तर्गतका सबै परियोजनाको निरीक्षण गरेको छ।
चीनले आफ्नो महत्वाकांक्षी परियोजना सीपीईसीअन्तर्गत पाकिस्तानमा कुल २६ अर्ब डलर लगानी गरिरहेको छ। यस परियोजनाअन्तर्गत पाकिस्तानमा ८५ हजार रोजगारी सिर्जना भएको छ। यो परियोजनाले सिन्धको थार क्षेत्रमा १२ हजार मानिसलाई रोजगारी दिएको छ। 

यसका साथै चीनले २८ हजार पाकिस्तानी विद्यार्थीलाई चीनमा अध्ययन गर्ने अवसर दिइरहेको छ।

आफ्नो भ्रमणका क्रममा, पाकिस्तानी सांसदहरुले सिन्धमा सीपीईसी परियोजनाहरुको प्रशंसा गरे। उनीहरुले थार क्षेत्रलाई ‘पाकिस्तानको भविष्यको ऊर्जा गढ’ भनेर व्याख्या गरेका छन्। 

चीनले कराँचीको पोर्ट कासिममा १ जार ३२० मेगावाटको पावर प्लान्ट स्थापना गरेको छ। पावर चाइनाका प्रमुख कार्यकारी अधिकृत गुओले पाकिस्तानी सांसदहरुले पनि आयोजनाका बारेमा जानकारी लिएका थिए।

पोर्ट कासिम पावर प्लान्ट सीपीईसीको प्रारम्भिक परियोजना हो। जसका माध्यमबाट पाकिस्तानमा ४० लाख घरहरुमा बिजुली आपूर्ति गरिन्छ।

सिन्ध सरकारले चीनसँगको सहकार्यमा सिन्धमा इलेक्ट्रिक कोल माइनिङ कम्पनी सञ्चालन गरिरहेको छ। चीनको सांघाई इलेक्ट्रिकले सिन्धमा नै १३२० मेगावाटको पावर प्लान्ट स्थापना गरेको छ।

पोर्ट कासिम र थारमा सीपीईसी परियोजनामा काम गरिरहेका मजदुरहरुसँग कुरा गर्दै सांसद मुसाहिदले सीपीईसी पाकिस्तानको आर्थिक विकासका लागि विगत ३० वर्षमा सबैभन्दा परिवर्तनकारी पहल भएको बताए। किनकि यसले ऊर्जा सुरक्षा, रोजगारी र जनताको जीविकोपार्जनमा मद्दत गरेको छ। पाकिस्तानले आधार दिएको छ।

चीनले पाकिस्तानको प्राकृतिक स्रोतसाधनमा नजर राखेको छ र त्यसकारण उसले सीपीईसीमार्फत पाकिस्तानमा धेरै परियोजनाहरुमा काम गरिरहेको छ। यस परियोजनालाई लिएर चीनको विरोधमा पाकिस्तानका धेरै क्षेत्रमा विरोध प्रदर्शन पनि भएका छन्।

पाकिस्तानको प्राकृतिक स्रोतको कुरा गर्दा पाकिस्तानमा कोइलाको ठूलो भण्डार छ। थार, बलुचिस्तान, खैबर पख्तुनख्वा आदि क्षेत्रमा कोइलाको ठूलो भण्डार छ। पाकिस्तानमा सुन, तामा, बक्साइट, फलामजस्ता खनिजहरु पाइन्छन्। तर, पाकिस्तानको फलाम उच्च गुणस्तरको छैन।

पाकिस्तान प्राकृतिक ग्यासमा पनि धेरै धनी छ। पाकिस्तानको प्राकृतिक ग्यासको आवश्यकता सीयूआई ग्यास भण्डारबाट पूरा हुन्छ। यद्यपि, खैबर पख्तुनख्वामा योभन्दा ठूलो प्राकृतिक ग्यास भण्डार छ। –एजेन्सी