काठमाण्डौ । बलिउडका चर्चित अभिनेता सलमान खानको नयाँ फिल्म रिलिज हुनासाथ नेपाली पेमेन्ट गेटवेबाट शुल्क तिरेर हेर्न सकिने भएको छ।

डिजिटल पेमेन्ट गेट वे खल्तीबाट शुल्क तिरेर अभिनेता खानको रिलिज हुन लागेको फिल्म राधे हेर्न सकिने भएको हो। खल्तीले राधे फिल्मका वितरक ए. एट फिल्मिस प्रालिका निरज पौडेलसँग राधे फिल्मको पे पर भिउजका आधारमा चलचित्र हेर्नका लागि आधिकारिक पेमेन्ट पार्टनरका रूपमा सेवा दिने सम्झौता गरेको छ। प्रयोगकर्ताले खल्तीबाट शुल्क भुक्तानी गरेर नेट टीभीलगायतका अनलाइन प्लेटफर्ममा राधे फिल्म हेर्न पाउनेछन्। फिल्म हेर्नका लागि प्रयोगकर्ताले खल्तीबाट भाउचर खरिद गर्न सक्दछन्। 

प्रयोगकर्ताले खल्तीमा रहेको युटिलिटी सेक्सनभित्र पीपीभी मुभिजमा भाउचर कोड किन्न सक्नेछन्। एकपटक भाउचर कोड ओटीटी प्लेटफर्ममा रिडिम भएपछि दर्शकले २४  घन्टाभित्र फिल्म हेर्न सक्दछन्।

खल्ती डिजिटल वालेट नेपालको लोकप्रिय पेमेन्ट गेटवे हो। जसको उद्देश्य प्रयोगकर्ताको समय बचत गरी भुक्तानी र बैंकिङ कारोबार सहज साथै सरल गर्नु हो। ‘खल्ती’ वालेटको प्रयोग गरी ६० भन्दा बढी बैंक तथा वित्तीय संस्थामा पैसा पठाउन सकिने साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म, प्लेन, इभेन्ट्सको टिकट खरिद, होटेल रुम बुकिङ गर्ने, ई–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाको ग्राहक–शुल्क तिर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्नेजस्ता धेरै सेवा लिन सकिन्छ। साथमा भुक्तानीमा पाइने क्यासब्याकको फाइदा उठाई रकम बचत गर्न पनि सकिन्छ। ‘खल्ती’का १७ लाखभन्दा बढी प्रयोगकर्ता छन्।

‘खल्ती’ एप यो Khalti.com/app बाट डाउनलोड गर्न सकिन्छ। यो एप प्ले स्टोर वा एप स्टोरमा समेत उपलब्ध छ।